
बाल्टिमोर : बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) निर्वाचन-२०२५ का लागि सुशील खत्रीले सचिव पदमा उम्मेदवारी दिनु भएको छ । खत्री करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको छ । चाँगुनारायण नगरपालिका वडा नंं ८ मा जन्मनु भएको खत्री अमेरिकाको नेपाली समुदायमा सक्रिय हुनुहुन्छ ।
‘हाम्रो बाना, राम्रो बाना’ बनाउने उद्देश्यका साथ निर्वाचनमा सचिव पदमा उम्मेदवारी दर्ता गराएको खत्रीले बताउनुभयो ।

‘नेपाली समुदायलाई भावनात्मक एकतामा जोड्ने उद्देश्य अनुरुप मेरो बानाको सचिव पदमा उमेद्वारी रहेको छ, साथै मैले बानाको आन्तरिक खर्च व्यवस्थापन तथा सदस्यता निःशुल्क गर्ने तरिकाले आफ्नो कार्यकालमा कार्यक्रमहरु लागु गर्न प्रयत्न गर्ने छु र उक्त खर्चको वैकल्पिक मार्ग खोज्ने गरि काम पनि गर्ने छु’, खत्रीले भन्नु भएको छ ।
सचिव पदका उम्मेदवार खत्रीले सहयोगका लागि सबैमा अपिल समेत गर्नु भएको छ । यस पटकको बाना निर्वाचन २०२५ का लागि १४ पदमा ३० जना उम्मेदवारहरूले दर्ता गराउनुभएको छ। विशेष गरी ६ पदहरूमा अत्यधिक प्रतिस्पर्धा देखिएको छ, जसले गर्दा आगामी निर्वाचन अझ रोचक बन्ने देखिन्छ।
कसले दिए कुन पदमा उम्मेदवारी ?
बाना कार्यसमितिका उम्मेदवारहरूको नामावली (२०२५-२०२८)
अध्यक्ष (१ पद)
✅ जितेन्द्र गुरुङ (हाल सल्लाहाकार, ट्रष्टी सदस्य)
✅ कोशिश भण्डारी (ट्रष्टी सदस्य)
✅ हिरा बहादुर गुरुङ (निवर्तमान बरिष्ठ उपाध्यक्ष, ट्रष्टी सदस्य)
✅ लक्ष्मी भारती (हाल बरिष्ठ उपाध्यक्ष, ट्रष्टी सदस्य)
वरिष्ठ उपाध्यक्ष (१ पद)
✅ एकता कोईराला (हाल आजिवन सदस्य)
✅ जनक बहादुर थापा (हाल आजिवन सदस्य)
✅ सागर घिमिरे (हाल महासचिव, ट्रष्टी सदस्य)
उपाध्यक्ष (१ पद)
✅ ब्रजेश महर्जन (हाल आजिवन सदस्य)
✅ गणेश भट्टराई (हाल आजिवन सदस्य)
✅ प्रेम बहादुर कमली (हाल कार्यसमिती सदस्य)
महासचिव (१ पद)
✅ दमन बिक्रम शाह (हाल सल्लाहाकार, ट्रष्टी सदश्य)
✅ सलिन बस्नेत (हाल आजिवन सदस्य)
✅ तारा खराल न्यौपाने (हाल आजिवन सदस्य)
सचिव (१ पद)
✅ बसन्त बस्नेत (हाल कार्यसमिती सदस्य, ट्रष्टी सदश्य)
✅ जनक बहादुर पुन मगर (हाल आजिवन सदस्य)
✅ सुशील खत्री (हाल आजिवन सदस्य)
कोषाध्यक्ष (१ पद)
✅ करुणा खड्का (हाल आजिवन सदस्य)
✅ राजेन्द्र बहादुर रेग्मी (हाल आजिवन सदस्य)
✅ सञ्जु डंगोल (हाल ट्रष्टी सदस्य)
कार्यकारी समिति सदस्य (८ पद)
✅ अर्जुन क्षेत्री (हाल आजिवन सदस्य)
✅ भूपेश जंग शाही (हाल आजिवन सदस्य)
✅ डम्बर बहादुर बस्नेत (हाल आजिवन सदस्य)
✅ हृदय केसी (हाल आजिवन सदस्य)
✅ कृष्ण के. बिष्ट (हाल आजिवन सदस्य)
✅ लक्ष्मीराम शाह (हाल आजिवन सदस्य)
✅ निर्णय प्रधान (हाल आजिवन सदस्य)
✅ प्रविन लामा (हाल आजिवन सदस्य)
✅ राजु सुवेदी (हाल आजिवन सदस्य)
✅ राजीव क्षेत्री (हाल आजिवन सदस्य)
✅ सोनिका चुनारा (हाल आजिवन सदस्य)