
हेलमेटडाँडा: चाँगुनारायण नगरपालिका शिक्षा शाखाले आयोजनामा भएको क्षेत्रस्तरीय नृत्य प्रतियोगिता जारी छ । आइतबार वडा नं ४,५ र ६ स्तरीय नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ ।

प्रतियोगितामा क्वालिट इग्लिस स्कूल प्रथम भएको छ भने दोस्रोमा गणेश मावि र तेस्रोमा दोलागिरी मावि भएका छन् । प्रतियोगितामा १० वटा विद्यालय सहभागि थिए ।

शुक्रबार सम्पन्न्न वडा न. १, २ र ३ व्यापी नृत्य प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रतियोगितामा मित्रश्री पाठशाला प्रथम, प्रज्ञा ई स्कुलका विद्यार्थी दोस्रो र नवीन ई स्कुलका विद्यार्थी तेस्रो हुन सफल भए ।

विजयी विद्यार्थी र विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार ७, ८ र ९ वडाका विद्यालयबीच प्रतिस्पर्धा गराइनेछ ।

मंगलबार तीनै क्षेत्रस्तरीय प्रतियोगिताबाट छनौट भएका तीन/तीन टोलीबाट उत्कृष्ठ विद्यालय छनौट हुने शिक्षा शाखाकाकी अनुपा लामिछानेले जानकारी दिनुभयो । प्रतियोगिताको संचालन शाखा अधिकृत रञ्जना सापकोटाले गर्नु भएको थियो ।







