चाँगुनारायणमा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न

खरीपाटी: चाँगुनारायण नगरपालिकामा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ल जनस्वास्थ्य कार्यालय भक्तपुर र चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा नसर्ने रोग सम्बन्धि अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमममा चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यान दिदैं स्वास्थ्य क्षेत्रमा ठूलो रकम विनियोजन गर्दै आएको बताउनुभयो ।

उप्रमुख बुढाथोकीले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामका विषयमा बजेट निर्माण पूर्व नै योजना पेश गर्न पनि सम्बन्धीत शाखालाई आग्रह गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले नसर्ने रोग नेपालको मात्र नभई विश्वव्यापी रुपमा बढि रहेको जोखिमयुक्त रोग भएको बताउनुभयो ।

चाँगुनारायण अस्पतालका प्रमुख डा. अर्जुन कार्कीले सुगर, प्रेसर, कोलस्टोर, मोटोपन र घुम्रपान जस्ता कारणहरुले बढी नसर्ने रोग लाग्ने गरेको बताउँदै यसले हृदयघात, पक्षघात जस्तो रोग बढ्ने जानकारी गराउनुभयो ।

जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अछामिले नसर्ने रोगको अवस्था, चुनौती र रोकथाम सम्बन्धि प्रस्तुती दिनु भएको थियो ।

चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवालले नगरपालिकामा नसर्ने रोगको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, ५ का वडाध्यक्ष जयन्द्र खडका, ६ का वडाध्यक्ष धन बहादुर लामा, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, वडा नंं ९ का वडाध्यक्ष गणेश त्यातलगायत जनप्रतिनिधिहरु, विभिन्न शाखाका प्रमुखहरु, स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा नगरकोट भ्रमण वर्ष २०८२ का फोकल पर्सन तथा विज्ञ डा .धनश्याम खतिवडाले बढ्दो नसर्ने रोग बारे सचेत रहदै नगरकोट भ्रमण वर्ष २०८२ लाई आर्थिक रुपले पनि सबल बनाउन सबैको साथ र सहयोगको लागि आग्रह गर्नु भएको थियो ।