
हेल्मेटडाँडा । चाँगुनारायण नगरपालिकाको शिक्षा शाखाको आयोजनामा क्षेत्रस्तरीय नृत्य प्रतियोगिता शूरु भएको छ । पहिलो दिन वडा नं १, २ र ३ का सांमुदायिक र संस्थागत विद्यालयहरुबीच प्रतिस्पर्धा गराइएको थियो ।

१४ वटा विद्यालयका टिम सहभागि नृत्य प्रतियोगितामा मित्रश्री पाठशालाका विद्यार्थी प्रथम हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रज्ञा ई स्कुलका विद्यार्थी दोस्रो र नवीन ई स्कुलका विद्यार्थी तेस्रो हुन सफल भए । विजयी विद्यार्थी र विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताको मूल्यांकन साधना कला केन्द्रका नरोत्तम न्यौपाने र अनुप डंगोलले गर्नु भएको थियो । विजयी तीन टोलीलाई फाईनलमा प्रतिस्पर्धा गराइनेछ ।

त्यस्तै, वडा नंं ४, ५ र ६ वडास्तरीय नृत्य प्रतियोगिता आइतबार र वडा नंं ७, ८ र ९ स्तरीय प्रतियोगिता सोमबार हुनेछ । तीनै क्षेत्रस्तरीय प्रतियोगिताबाट छनौट भएका तीन तीन टोलीबाट उत्कृष्ठ विद्यालय छनौट हुने शिक्षा शाखा अधिकृत अनुपा लामिछानेले जानकारी दिनुभयो ।

प्रतियोगिताको संचालन शाखा अधिकृत रञ्जना सापकोटाले गर्नु भएको थियो ।















