
खरीपाटी: चाँगुनारायण नगरपालिकामा सर्वोच्च परियोजना अन्तर्गत नगर स्तरीय स्व-सहयोगी महिला समूह गठन गरिएको छ । चाँगुनारायण नगरपालिकाको वास शाखा र एन्फोको सहकार्यमा संञ्चालीत सर्वोच्च परियोजना अन्गर्तत ९ वटै वडाका महिला प्रतिनिधिहरुको सहभागिामा स्व-सहयोगी महिला समूह गठन गरिएको हो ।

महिला समूहको अध्यक्षमा कमला गुरुङ प्रधान चयन हुनु भएको छ । प्रधानको नेतृत्वमा ९ सदस्यीय समूह गठन गरिएको हो ।

समूहको उपाध्यक्षमा कल्पना बास्तोला, सचिवमा पवित्रा तिमिल्सना, कोषाध्यक्षमा ममता खड्का, सदस्यहरुमा संगीता दुलाल, रुपा थापा, सपना तामाङ, दिक्षा दाहाल, अनुपा खड्का चयन हुनु भएको छ ।

बैठकमा सामाजिक विकास शाखा प्रमुख निला कुमारी घिमिरेले सस्था दर्ता प्रक्रियाको बारेमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले वास शाखाले गर्दै आएको गतिविधि र हासिल गरेको प्रगती तथा समूह गठन गर्नुको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो ।

बैठकले नगरपालिकामा दर्ताको प्रक्रिया अगाडि बढाउनका लागि आगामी २२ गते बैठक बोलाइएको छ ।







