चाँगुनारायण नगरपालिकामा २ हजार ६६४ किशोरीलाई लगाइयो पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप

खरीपाटी: चाँगुनारायण नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन भएको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको हो ।

देशैभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई यो खोप लगाइएको थियो ।

अभियानमा कक्षा ६ देखि १० सम्मका २ हजार ४०५ जना किशोरी र विद्यालय बाहिर नजाने १० देखि १४ वर्ष सम्मका २५९ जना गरि जम्मा २ हजार ६६४ जनालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवालले बताउनुभयो ।

खोप अभियान सफलता पुर्वक सम्पन्न गर्न नगर प्रमुख जीवन खत्री , उपप्रमुख रमेश बुढाथोकी , वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य संस्था, ब्यवस्थापन समिती , विद्यालय नर्स, शिक्षक शिक्षिकाहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु सक्रिय रुपमा परिचाल गरि अभियान सफलतापूर्वक सम्पन्न गरिएको हो ।