चाँगुनारायण नगरपालिका बन्यो स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’ मा भक्तपुर जिल्लामै उत्कृष्ठ, उपत्यकामा तेस्रो

भक्तपुर: चाँगुनारायण नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’ मा भक्तपुर जिल्लामा उत्कृष्ठ र काठमाडौं उपत्यकामा तेस्रो बन्न सफल भएको छ । आर्थिक वर्ष २०८०.८१ मा भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ठ बनेको हो । चाँगुनारायण नगरपालिकाले विभिन्न १०० अंकमा ९२.५ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ठ बन्न सफल भएको हो ।

त्यस्तै, काठमाडौं उपत्यकामा रहेका दुई महानगरपालिकासहित १८ पालिकामा भने चाँगुनारायण नगरपालिका तेस्रो स्थानमा पर्न सफल भएको छ । उपत्यकामा काठमाडौंको तारकेश्वर नगरपालिका ९८.५ अंक प्राप्त गर्दै प्रथम, ललितपुर महानगरपालिका ९३.५ अंक प्राप्त गर्दै दोस्रो र चाँगुनारायण नगरपालिका ९२.५ अंक प्राप्त गदै तेस्रो हुन सफल भएको हो ।

भक्तपुर जिल्लामा मध्यपुर थिमी नगरपालिकाले ९१ अंक प्राप्त गदै दोस्रो, सूर्यविनायक नगरपालिकाले ९०.५ अंक प्राप्त गर्दै तेस्रो र भक्तपुर नगरपालिकाले ८९ अंक प्राप्त गर्दै तेस्रो बनेको हो ।

संघीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन गर्दै आएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री प्रगतीमा फड्को मार्दै उत्कृष्ट हुनुमा सिंगो जनप्रतिनिधि र कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ ।

चाँगुनारायण नगरपालिकाले लिजामा प्राप्त अंक कार्यपालिका बैठकबाट अनुमोदन गरि सार्वजनीक समेत गरिसकेको छ । नगरपालिकाले वार्षिक बजेट तथा योजना ब्यवस्थापन, न्यायिक कार्य सम्पादन, वातावरण संरक्षण तथा विपद् बयवस्थापन र सहकार्य तथा समन्वय विषयक्षेत्रमा शत प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ ।

चाँगुनारायण नगरपालिकाले कुन विषय क्षेत्रमा कति अंक पायो ?

कुन पालिकाले कति अंक पाए ? यहाँ क्लीक गर्नुहोस्

https://lisa.mofaga.gov.np/home