चाँगुनारायण नगरपालिकाको न्यायिक समितिद्धारा विभिन्न पालिकाको अध्ययन भ्रमण

खरीपाटी: चाँगुनारायण नगरपालिकाको न्यायिक समितिको टोलीले विभिन्न पालिकाको अवलोकन भ्रमण गरेको छ ।

न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा कास्कीको पोखरा उपमहानगरपालिका, चित्तवनको रत्ननगर नगरपालिका र धादिङकोगजुरी गाउँ पालिकालगायत पालिकाको भ्रमण गरिएको हो ।

समिति संयोजक बुढाथोकीले भ्रमणका क्रममा विभिन्न पालिकाहरुमा न्यायिक समिती मार्फत हुने गरेका न्यायिक अभ्यासहरुको जानकारी बटुल्ने र आफूले भोगेका चुनौती र गरेका निर्णयहरुका विषयमा अन्तर्क्रीया गर्ने सुवर्ण अवसर प्राप्त भएको बताउनुभयो ।