चाँगुनारायण नगरपालिकाका मेयर खत्रीद्धारा चरेलीमा १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण कार्यको शिलान्यास

सुडाल : भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ८ स्थित चरेलीमा एक सय आठ फिट उचाईको सरस्वतीको मूर्ति निर्माण गर्ने कार्य शूरु भएको छ ।

१०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माणका लागि चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चागुनारायण नगरपालिका ८ स्थित भुतेको ढुंगा (चरेली) मा जग पुजा गरेर सोमबार निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो।

सो अवसरमा नगर प्रमुख खत्रीले नगरपालिकाले पर्यटन क्षेत्रको विकास, विस्तार तथा प्रबद्र्धन गर्दै समृद्ध नगर बनाउने कार्यमा लागिपरेको बताउनुभयो । नगरपालिकाले धर्म, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने कार्यमा विशेष ध्यान दिइरहेको पनि उहाँले बताउनुभयो ।

निर्माण समितिका अध्यक्ष एवं वडा नंं. ८ का निवर्तमान वडाअध्यक्ष परासर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, वडा ८ का वडाअध्यक्ष जनक खत्रीलगायत स्थानीयरूको उपस्थिति रहेको थियो ।