भक्तपुर- काभ्रेका सरोकारवाला निकायका टोलीद्धारा सूर्यविनायक-धुलिखेल सडक निर्माण कार्यको स्थलगत निरीक्षण

भक्तपुर: सूर्यविनायक- धुलिखेल सडक आयोजना भक्तपुरले निर्माण गर्न लागेको साँगा सडकखण्डको निर्माण कार्य सम्बन्धमा सरोकारवालाहरूको टोलीले स्थलगत निरीक्षण गरेको छ।

भक्तपुर र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी निकायका प्रमुख तथा सरोकारवालाहरूको टोलीले सडकका विभिन्न खण्डको निरीक्षण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा गएको टोलीमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्यान्जु, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख, जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, भक्तपुर नगरपालिका, जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक, भक्तपुर र काभ्रेपलाञ्चोकका ट्राफिक प्रहरी प्रमुखहरू,सम्बन्धित वडा अध्यक्षहरूको उपस्थिती रहेको थियो ।

सो क्रममा सरोकारवाला निकायका टोलीले सर्वसाधारणलाई यातायातमा असहज नहुने गरि निर्माण कार्य अगाडि बढाउनुपर्ने र निर्माण कार्यलाई अगाडि बढाउन केहि समयका लागि बैकिल्पक बाटो अपनाउनुपर्नेमा जोड दिएका थिए ।

साथै निर्माण कार्यको प्रभावकारिता र दिगोपनाका लागि समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्म १६ किलोमिटर ६ लेन सडक विस्तारको काम भइरहेको छ ।