चाँगुनारायण नगरसभाको १६ औं अधिवेशन शुक्रबार, अत्यावश्यक बाहेकका सेवा स्थगन हुने

खरीपाटी: चाँगुनारायण नगर सभाको १६ औं हिउँदे अधिवेशन शुक्रबारको लागि आह्रवान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँका अनुसार अधिवेशन नगरपालिकाको सभाहलमा हुनेछ ।

नगर अधिवेशनमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा शाखा प्रमुखहरु सहभागि हुने भएकाले शुक्रबार नगरपालिका र सो अन्तर्गत तथा वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।