चाँगुनारायणका ९ वटै वडामा निःशुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न

खरीपाटी: चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा निःशुल्क पशु स्वास्थ्य शिवीर सम्पन्न गरेको छ । नगरपालिकाको पशुपन्क्षी विकास शाखाको आयोजनामा ‘एक वडा, एक पशु स्वास्थ्य शिवीर’ कार्यक्रम सम्पन्न गरिएको हो ।

शिवीरमा कृषकले पालेका घरपालुवा गाई, भैँसी, भेडा, ब्राखा, कुखुरा, कुकुर, बिरोलोलाई निःशुल्क खोप तथा उपचार सेवा प्रदान गरिएको थियो । शाखा प्रमुख खड्ग कुमार मैनालीका अनुसार शिवीरमा १ हजार ७ जना कृषकले सेवा लिएका छन् ।

शिवीरमा कुकुर तथा रेविज रोग विरुद्धको खोप सेवा, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा उपचार, बोका तथा बहरका लागि बन्ध्याकरण सेवा, अन्य उपचार तथा बाझोपन निवारण सेवा र विशेषज्ञ परामर्श उपलब्ध गराइएको थियो ।