चाँगुनारायणका मेयर खत्रीद्धारा ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीलाई विभिन्न सामाग्रीहरु वितरण

खरीपाटी: चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको साझेदारीमा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत नगरपालिका भित्र गठन गरिएका ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरूलाई विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।

नगरपालिकाको प्रागणमा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमख जीवन खत्रीले वाटर डिस्पेन्सर, थर्मस, गिलास, जार, इलेक्ट्रीक किल्टी, योगा म्याटहरु वितरण गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरीकहरुले स्वस्थ्य, सुरक्षित, सक्रिय, मर्यादित रुपमा जीवनयापन गर्न सहज होस भन्ने हेतुले स्वस्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका शाखा सभापति परशुराम पाण्डे, नगरपालिकाको तर्फबाट परियोजना संयोजक दिनेश थापा लगायत विभिन्न ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।