दुवाकोट: चाँगुनारायण नगरपालिकाले वडा नंं १ बाट निःशुल्क पशु स्वास्थ्य शिवीर शूरु गरेको छ । नगरपालिकाको पशुपन्क्षी विकास शाखाको आयोजनामा ‘एक वडा, एक पशु स्वास्थ्य शिवीर’ अन्र्तगत पहिलो दिन वडा नंं १ को नयाँ स्वास्थ्य चौकीमा शिवीर आयोजना गरिएको हो ।
शिवीर १३ पुषमा वडा नंं ९ मा गएर समापन गरिनेछ । पशुपन्क्षी विकास शाखा प्रमुख खड्ग प्रसाद मैनालीका अनुसार वडा नंं १ मा ८ सयको हाराहारीमा पशुपन्क्षीहरुको उपचार गरिएको छ ।
शाखा प्रमुख मैनालीले कृषकलाई आफूलाई पायक पर्ने स्थानमा गएर आफ्ना घरपालुवा गाई, भैँसी, भेडा, ब्राखा, कुखुरा, कुकुर, बिरोलोलाई ल्याई निःशुल्क खोप तथा उपचार सेवा लिई मौकाको फाइदा उठाउनुहुन आग्रह समेत गर्नु भएको छ ।
शिवीरमा कुकुर तथा रेविज रोग विरुद्धको खोप सेवा, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा उपचार, बोका तथा बहरका लागि बन्ध्याकरण सेवा, अन्य उपचार तथा बाझोपन निवारण सेवा र विशेषज्ञ परामर्श उपलब्ध गराइएको छ ।