खरीपाटी : चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि यही पुष २० गते आयोजना गरेको बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिताको तयारी ब्यापक बनाएको छ ।
चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिताको तयारी तीब्र बनाइएको हो ।
वडा नं ९, ताथली फाँटमा आयोजना हुने प्रतियोगिताको लागि अहिले फाराम खुल्ला गरिसकिएको छ । प्रतियोगितामा सहभागि हुन इच्छुकले १५ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ । नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलका अनुसार प्रति दर्ता शुल्क १ हजारसहित ईमले मार्फत पनि दर्ता फाराम पठाउन सकिनेछ ।
प्रतियोगितामा नेवारी फुड फेस्टिभल विशेष आर्कषकको रुपमा रहनेछ भने विजेतालाई नगद् ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २२ थान मुछ्या र सिछ्या प्राप्त गर्न सक्नेछन् । साथै अन्यलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।