चाँगुनारायण नगरका ९ वटै वडामा निःशुल्क पशु स्वास्थ्य शिवीर संचालन हुने, कुन वडामा कहिले ?

खरीपाटी: चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा निःशुल्क पशु स्वास्थ्य शिवीर संचालन गर्ने भएको छ । नगरपालिकाको पशुपन्क्षी विकास शाखाको आयोजनामा ‘एक वडा, एक पशु स्वास्थ्य शिवीर’ कार्यक्रम संचालन गर्न लागिएको हो ।

शिवीर वडा नंं १ बाट यही पुष ५ गते शुक्रबारदेखि शूरु हुँदैछ । वडा नंं १ मा नयाँ स्वास्थ्य चौकीमा बिहान ९ बजेदेखि द्ध बजेसम्म आयोजना गरिनेछ ।

कृषकलाई आफूलाई पायक पर्ने स्थानमा गएर आफ्ना घरपालुवा गाई, भैँसी, भेडा, ब्राखा, कुखुरा, कुकुर, बिरोलोलाई ल्याई निःशुल्क खोप तथा उपचार सेवा लिई मौकाको फाइदा उठाउनुहुन नगरपालिकाले आग्रह गरेको छ ।

शिवीरमा कुकुर तथा रेविज रोग विरुद्धको खोप सेवा, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा उपचार, बोका तथा बहरका लागि बन्ध्याकरण सेवा, अन्य उपचार तथा बाझोपन निवारण सेवा र विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ ।

कुन वडामा कहिले र कुन ठाउँमा ?