चाँगुनारायणका वडा-वडामा विशेषज्ञ सेवा सहितको ‘ज्येष्ठ नागरिक स्वास्थ्य शिविर’ संचालन, बागेश्वरीका १ सय ६१ जना लाभान्वित

बागेश्वरी: चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत ज्येष्ठ नागरिक स्वास्थ्य शिविर जारी राखिएको छ ।

नगरका ९ वटै वडामा आयोजना भइरहेको शिवीर आइतबार वडा नंं ७ स्थित बागेश्वरी स्वास्थ्य चौकीमा सम्पन्न गरियो ।

वडा नंं ७ कार्यालय र जेष्ठ नागरिक मिलन चौतारीको समन्वयमा भएको शिवीरको एक कार्यक्रमका बीच नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको थियो ।

६० वर्ष माथीका जेष्ठ नागरिकहरुलाई ब्लड, सुगर, फिजिसियन, आँखा , नाक, कान, घाँटी, हाडजोर्नी , स्त्रीरोग लगायतका विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य परीक्षण गरि निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरिएको हो । शिवीरमा १ सय ६१ जनाले सेवा लिनु भएको छ ।

सो अवसरमा नगर प्रमुख खत्रीले नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवालाई टोलटोलमा पुर्याउन लागिपरेको बताउनुभयो । ताथली, सुडाल, बागेश्वरी र नगरकोटका बासिन्दालाई नगर अस्पताल पुग्न असहज र अपायक परिरहेको प्रति आफू सचेत रहेको र त्यसको ब्यवस्थापनका लागि काम भइरहेको बताउनुभयो ।

पूर्वी भेगका बासिन्दाका लागि आवतजावतमा पर्ने असहज बाहेक नगर अस्पतालबाट प्रवाह हुने अन्य सेवाहरु ब्यवस्थित बन्दै लगेको र सेवा विस्तार भएकाले नगर अस्पतालमा गएर सेवा लिन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा वडा नंं ७ का वडाध्यक्ष श्याम कृष्ण नयाजु श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापती परशुराम पाण्डे, परियोजनका संयोजक दिनेश थापा, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, वडाका जनप्रतिनिधिहरु पनि सहभागि हुनुहुुन्थ्यो ।