खरीपाटी: चाँगुनारायण नगरपालिकाले युवा युवतीहरुलाई लक्षित गरि नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । नगरपालिकामा शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले दुई महिना नि:शुल्क रुपमा संचालन हुने कक्षाको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख खत्रीले आत्मविश्वास र दृढ संकल्पका साथ पूर्वतयारीमा लागे नाम निकाल्न सफल हुने बताउनुभयो । नगर प्रमुख खत्रीले नयाँ पुस्ताहरु देशको उच्च ओहोदामा पुगेर सेवा गर्ने अवसर पाउँनु चाँगुनारायण नगरपालिकाकै गर्वको विषय हुने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले तालिमलाई भरपूर उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले प्रशिक्षण दिनु भएको थियो ।
नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले संचालन गर्नु भएको कार्यक्रममा योजना शाखा प्रमुख तथा सूचना अधिकारी अनुप लामिछानेले स्वागत गर्नु भएको थियो ।
तालिम दुई महिनासम्म विज्ञहरुबाट प्रदान गरिनेछ । तालिममा ८० जना सहभागि छन् ।