चाँगुनारायणका ९ वटै वडामा बजार अनुगमन तथा सचेतना कार्यक्रम जारी, म्याद नाघेका सामग्री जफत गरी नष्ट, दर्ता/नवीकरण नगरेकालाई ७ दिनभित्र गर्न निर्देशन

खरीपाटी: चाँगुनारायण नगरपालिकाले ९ वटै वडाका विभिन्न ठाउँमा बजार अनुगमान तथा सचेतना कार्यक्रम जारी राखेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुर, उद्योग बाणिज्य संघ उपभोक्ता संघ र नेपाल महासंघ लगायत सरोकारवाला निकायहरुसँग संयुक्त र आन्तरिक रुपमा ९ वटै बडामा बजार अनुगमन गर्ने कार्य जारी राखेको हो ।

दशौबाट शूरु गरिएको अनुगमन वडा नंं १ र २ का १३ वटा ब्यवसाय, वडा नंं ४, ५ र ६ का ९ वटा ब्यवसाय, ७ र ८ का ६ वटा, ८ र ९ का ४ वटा ब्यवसायमा गरिसकिएको छ ।

अनुगमनको क्रममा म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको, व्यवसाय दर्ता तथा नविकरण नगरी संचालन भएका व्यवसायीहरुलाई ७ दिन भित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ ।

नगरपालिका उपभोक्ता हित संरक्षण तथा अनुगमन शाखाका प्रमुख बसन्त केसीका अनुसार यो वर्ष कम्तिमा ५० प्रतिशत ब्यवसायमा अनुगमन गर्ने योजना छ ।

साथै नियमीत रुपमा सातामा कम्तिमा दुई दिन गर्दै आएको छ । त्यस्तै, अनुगमनको क्रममा ब्यवसायीहरुलाई साइनबोर्ड राख्न र सरसफाईमा ध्यान दिन पनि सुझाइएको छ ।