खरीपाटी: चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । चार दिनसम्म आयोजना गरिएको प्रतियोगितामा नवीन ईङ्लिस स्कुल प्रथम, श्रीकृष्ण माध्यमिक विद्यालय द्धितीय र गणेश माध्यमीक विद्यालय छालिङ तृतीय हुन सफल भएका छन् ।
बुधबार आयोजित फाईनल प्रतियोगिताबाट छनौट भएका विजयी विद्यालय र विद्यार्थीलाई नगर प्रमुख जीवन खत्रीले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नु भयो ।
सो अवसरमा नगर प्रमुख खत्रीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र माथि उकास्न नगरपालिकाले विभिन्न खालका रचनात्मक गतिविधि गदै आइरहेको बताउनुभयो । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुलाई पाठ्यक्रमभन्दा बाहिरको ज्ञान हुने भएकाले ब्यक्तीत्व विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतियोगितामा पहिलो दिन वडा नंं १ देखि ३ वडासम्मका विभिन्न विद्यालयबीच क्षेत्रस्तरीय प्रतीस्पर्धा गराइएको थियो । प्रतियोगितामा नवीन ईङ्लिस स्कुल प्रथम, फुलब्राईट स्कुल द्धितीय र नर्थ ईष्ट ईङ्लिस स्कुल तृतीय भएका थिए ।
दोस्रो दिन वडा नंं ४, ५ र ६ वडाभित्रका विद्यालयबीच प्रतिस्पर्धा गराइएको थियो । सो क्षेत्रस्तरीय प्रतियोगितामा गणेश मा वि प्रथम, क्वालिटी ईङ्लिस स्कुल द्वितीय र दीपसरस्वती ईङ्लिस स्कुल तृतीय भएका थिए ।
त्यस्तै, तेस्रो दिन वडा नंं ७, ८ र ९ वडाका विद्यालयहरुबीच क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा आरक्षण नेशनल एकेडमी प्रथम, श्रीकृष्ण मा वि द्वितीय र देवी मावि तृतीय हुन सफल भएका थिए ।
क्षेत्रस्तरीय प्रतिस्पर्धाबाट छनौट भएका ९ वटा विद्यालयबीच बुधबार भएको अन्तिम प्रतिस्पर्धाबाट तीन वटा विद्यालय छनौट भएका हुन । प्रतियोगितामा नगरभित्रका अधिकांश सामुदायिक विद्यालयहरु सहभागि थिए ।