खरीपाटी : चाँगुनारायण नगरपालिकाले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने अरब क्लासिक बेसबल लिगमा खेल्न जाने नेपाली खेलाडीहरुलाई बिदाई गरेको छ । नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रम बीच नगर प्रमुख जीवन खत्री, उप प्रमुख रमेश बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले बिदाई गर्नुभयो ।
अरब क्लासिक बेसबल लिग खेलकुदमा भाग लिने नेपाली राष्ट्रिय बेसबल टोलीमा कप्तान निश्चल केसी सहित चाँगुनारायण नगरपालिकाबाट ५ खेलाडी र एक प्रशिक्षक गरी ६ जनाको सहभागिता रहने छ।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिनेश अर्याल, नगर खेलकुद बिकास समिति संयोजक रघु केसी, बिपद ब्यबस्थापन शाखा प्रमुख दिनेश थापा लगायतले बिदाई गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख खत्रीले उच्च मनोबलका साथ खेल खेल्न हौसल्ला प्रदान गर्नुभयो ।
कार्यक्रममा नगर खेलकुद विकास समिति सदस्य सञ्जीव पुरी, जयराज खड्का, करूणा रावत, नगर खेलकुद प्रशिक्षक प्रदिप ढकाल, स्विटि गेलाल, प्रेमकुमार लामा, स्याम भडेल लगायत पनि सहभागि हुनुहुन्थ्यो ।
यूएईमा ९ राष्ट्रका करिब २०० खेलाडी सहभागि हुनेछ । नेपालका तर्फबाट २५ सदस्यीय टोली खेलाडी सहभागि हुन लागेका हुन ।