चाँगुनारायण नगरपालिकाद्धारा काभ्रेका बाढी-पहिरो प्रभावित स्थानीय तहलाई राहत वितरण

खरीपाटी: चाँगुनारायण नगरपालिकाले बाढी-पहिरो प्रभावीत काभ्रेका स्थानीय तहलाई सहयोग गरेको छ । बाढी-पहिरोले सबैभन्दा बढी प्रभावीत नमोबुद्ध नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकालाई राहत सहयोग गरेको हो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, नगर प्रवक्ता जनक खत्री, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका, समाजसेवी तीर्थराज घोरासैनी र नगर प्रहरी सहितको टोलीले पालिकामा पुगी बिहीबार राहत स्वस्प खाद्यन्न सहयोग गरिएको हो । प्रति पालिका बरावर रु ४ लाख बरावरको खाद्यन्न सहयोग वितरण गरिएको प्रवक्ता खत्रीले बताउनुभयो ।

नगर प्रमुख जीवन खत्रीले बाढी-पहिरो प्रभावीतको पीर मर्का, अप्ठ्यारो र अन्तर पालिकाको तर्फबाट भाईचाराको सम्बन्ध कायम राखेर सहयोग पठाइएको बताउनुभयो ।

पहिलो पटक चाँगुनारायण नगरपालिकाको तर्फबाट राहत उपलब्ध गराइएकोमा सम्बन्धीत पालिका प्रमुखहरुले खुसी ब्यक्त गर्दै अन्य पालिकालाई पनि सकेको सहयोगको लागि आग्रह गरेका छन् ।

त्यस्तै, अवीरल वर्षाको कारण ठूलो क्षति ब्यहोरेको काभ्रेकै मण्डन-देउपुर नगरपालिकामा घरबार बिहिन वासिन्दाहरुलाई पनि राहत सहयोग गरिएको छ ।

नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा शुक्रबार गएको एक टोलीले मण्डन देउपुरका क्षतिग्रस्त स्थानमा पुगी बाढी-पहिरो प्रभावीतलाई राहत वितरण गरिएको हो ।