खरीपाटी: “सम्मानित बुढ्यौली, विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण”भन्ने नाराका साथ अक्टोबर १ का दिन चाँगुनारायण नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरि ३४ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।
चाँगुनारायण नगरपालिकाले सबै वडाका ९० वर्ष माथीका ज्येष्ठ नागरिकहरुलाई घरमै गई फलफुल, न्यानो कम्बल वितरण, सम्मान र स्वास्थ्यजाँच गर्ने कार्यक्रम राखिएको थियो भने २ नं वडामा बृहत ज्येष्ठनागरिक स्वास्थ्य शिविर आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा उपस्थित ९० वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई नगर प्रमुख जीवन खत्रीले दोसल्ला ओढाई सम्मान गर्नुका साथै न्यानो कपडा, फलफुल र पोषीलो खानेकुरा वितरण गर्नु भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरीकहरुले स्वस्थ्य, सुरक्षित, सक्रिय, मर्यादित रुपमा जीवनयापन गर्न सक्नुहोस् भन्ने हेतुले ससामाजिक विकास शाखा अन्तर्गत भइरहेको गतिविधिहरुमा सहयोग हुने गरी स्वास्थ्यलाई केन्द्रित गरी नेपाल रेडक्रस सोसाइटी संगको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा स्वस्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गरीरहेको बताउनु भयो ।
उहाँले ज्येष्ठ नागरिकहरु जिँउदो इतिहास भएकोले नयाँ पुस्ताले धेरै कुराहरु सिक्न सकिने कुरा बताउनुभयो । नगर प्रमुख खत्रीले अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिक बुबाआमाहरुलाई सुस्वास्थ्य दिर्घायु जीवनको शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।उहाँले २०८१ सालअसोज १० गते देखि १२ गते सम्मको अविरल वर्षात्को कारणप्रभावितहुनु भएका ज्येष्ठनागरिकहरुको लागि सहारा परियोजना अन्तर्गत सहयोगको लागि नेपाल रेडक्रस सोसाइटी तथा स्वीस रेडक्रससंग सहकार्य गरिने जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा संचालन गरेका गतिविधहरुलाई समेत समावेश गरी स्वस्थ, सुरक्षित, मर्यादित र सक्रिय जीवनयापनको लागि ज्येष्ठ नागरिकलाई सक्षम बनाउनको लागि कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठनागरिकहरुको स्वास्थ्यलाई ख्यालमा राखेर स्वस्थ्य र सक्रियअनिमर्यादिनजीवनयापनमा सहयोगीहोस् भन्ने हेतुले चाँगुनारायण नगरपालिकासंग सहकार्य गरि स्वस्थ्य बुढ्यौली परियोजना चाँगुनारायणमा सञ्चालन गरीरहेको बताउनु भयो । उहाँले स्थानीय तहसंग सहकार्य गर्दै समुदायको संकटा सन्नता कम गर्ने तथा सामुदायिक विकासमा सदैव अग्रसर नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा कार्यमा सदैव जनताको साथमा रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष सोम प्रसाद प्रधान, ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मीभक्त सुवाललगायत जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल मेडिकल कलेज, तिलगंगा आखाँ अस्पतालका प्रतिनिधिहरुले ज्येष्ठ नागरिकको स्वास्थ्यको महत्वका बारेमा विचार राख्नुभएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय संगको सहकार्यमा नेपाल रेडक्रससंगको साझेदारीमा नगरपालिकाद्धारा सञ्चालित सहारा परियोजना अन्तर्गत ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । स्वास्थ्य शिविरबाट १९७ जना ज्येष्ठ नागरिकहरु लाभान्वित हुनु भएको थियो ।
स्वास्थ्य शिविरमा साधारण स्वस्थ्य परिक्षण, इसिजी सेवा, आँखा शिविर तथा प्रयोगशाला परिक्षणको सुविधा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा काठमाण्डौ मेडिकल कलेज, तिलगंगा आँखा अस्पताल, चाँगुनारायणनगर अस्पताल संग सहकार्य गरिएको थियो ।
त्यसैगरि, ३४ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा ९० बर्ष भन्दा माथीका ८७ जना ज्येष्ठ नागरिकहरुका लागि दोसल्ला ओढाई सम्मान गर्नुका साथै न्यानो कपडा, फलफुल र पोषीलो खानेकुरा वितरण गरिएकोे थियो ।
त्यस्तै, जेष्ठ नागरिक दिवसको अबसरमा वडा नंं मा ९० बर्ष उमेर भन्दा माथीका जेष्ठ नागरिक बृद्धबृद्धाहरुलाई नगर प्रमुख खत्रीले सम्मान समेत गर्नु भएको छ ।