चाँगुनारायण नगरका सयौ खेलाडी र प्रशिक्षकलाई सम्मान तथा खेल सामाग्री वितरण (फोटोफिचर)

हेल्मेटडाँडा: चाँगुनारायण नगरपालिकाले नगरभरिका खेलाडी, प्रशिक्षकहरुलाई सम्मान तथा खेल सामाग्री हस्तान्तरण गरेको छ ।

चाँगुनारायणको नगर खेलकूद समितिले शनिबार एक कार्यक्रमको आयोजना गरि विभिन्न खेल विधाका खेलाडी, विभिन्न प्रतियोगितामा भाग लिई पदक ल्याउन सफल खेलाडी, निशुल्क खेल प्रशिक्षण सञ्चालन गर्ने प्रशिक्षक, खेलकूद कार्यक्रम सञ्चालन गर्ने विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरेको हो । नगर प्रमुख जीवन खत्रीले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्नुभयो ।

नगरपालिकामा मेयर खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि नगरस्तरीय खेलकूद समिति गठन गरि ९ वटै वडाका विभिन्न खेलमैदानमा निशुल्क खेल प्रशिक्षण सञ्चालन हुँदै आएको छ ।

खेल गतिविधिलाई अगाडि बढाउने उद्देश्यका साथ शुरु गरिएको निशुल्क खेल प्रशिक्षण हरेक साताको एक दिन शनिबार सञ्चालन हुँदै आएको हो ।

निशुल्क खेलकूद कार्यक्रम सञ्चालन गरेको ८८ औं हप्ताको अवसरमा खेलकूद प्रोत्साहन कार्यक्रम अन्तर्गत शनिबार नगर प्रमुख खत्रीले ‘नि:शुल्क खेलमा सहभागि होऔं, स्वस्थ बनौ, अनुशासित खेलाडीको गहना, नगरको एक मात्र चाहाना’ लेखेको प्ले कार्ड बालबालीकाहरुलाई हस्तान्तरण समेत गर्नुभभयो ।

सोही अवसरमा निशुल्क खेल प्रशिक्षण प्रदान गर्दै आइरहनु भएको प्रशिक्षक तथा खेलकूद कार्यक्रममा सहभागि हुने खेलाडीहरुलाई खेलकूद सामाग्री हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख खत्रीले आफू निर्वाचीत आएपछि खेल क्षेत्रलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।

खेलकूद क्षेत्रलाई ब्यवस्थित रुपमा अगाडि बढाउन टिम नै खडा गरि खेल गतिविधि अगाडि बढाइरहेको उहाँले बताउनुभयो । मेयर खत्रीले खेल प्रतियोगिताका विभिन्न विधामा पदक हात पार्नु मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तीकै महत्वपूर्ण रहेको बताउनुभयो ।

विद्यार्थी भाई बहिनीहरुलाई सही मार्गमा अगाडि बढाउन शारीरीक र मानसिक रुपमा तन्दूस्त बनाउन पनि खेल गतिविधि आवश्यक पर्ने भएकाले सोही अनुसार आवश्यक पूर्वाधार निर्माण गरि वातावरण निर्माण गरिरहेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिका वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले खेलकूद क्षेत्रमा धेरै ठूलो फड्को मार्न सफल गएको बताउनुभयो ।

नगरपालिकाले निशुल्क अक्सिजन, रगतदेखि स्वास्थ्य बीमा, पशु बीमा र विद्यार्थी बालबालीकाहरुको दिवा खाजामा १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याएको स्मरण गर्नुहुँदै विकास निर्माणका सँगसँगै नगरपालिकाले उदाहरणीय कार्य गरिरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा खेल प्रशिक्षक राजकुमार गुरुङले चाँगुनारायण नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएकै कारण खेलाडीहरु उत्पादन हुने क्रम शुरु भएको बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख दिनेश अर्याल, प्रशिक्षकहरु प्रदिप ढकाल, प्रधानाध्यापक अरुण कुमार चौधरीलगायतले पछिल्लो समय चाँगुनारायण नगरभित्र बढ्दै गएको खेल गतिविधिले बालबालीकाहरुको आर्कषण बढ्दै गएको भन्दै खुसी ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले विगतमा शुन्य जस्तै रहेको खेल गतिविधिलाई चलायमान बनाउन सफल भएको र आगामी दिनमा खेल क्षेत्रको थप विस्तार र विकास गर्दै लग्ने योजना रहेको बताउनुभयो ।

विपद् शाखा प्रमुख दिनेश थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, ६ का वडाध्यक्ष धन बहादुर लामासहितका जनप्रतिनिधिहरु, नेपाल भलिबल संघका केन्द्रीय सदस्य रोशन थापालगायतको खेल क्षेत्रसँग सम्मिलीत ब्यक्तीत्व र विद्यार्थिहरुको बाक्लो सहभागिता थियो ।