खरीपाटी: चाँगुनारायण नगरपालिकामा नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा शुक्रबार स्थानीय बिपद् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकमा मनसुनजन्य बिपदमा नगरपालिकाको बिपद् व्यवस्थापन टोलीले गरेका प्रतिकार्य तथा राहत बितरणको बारेमा जानकारी गराईएको थियो ।
बिपद् प्रभावित १४ परिवारलाई राहत बितरण, क्षति भएका भौतिक संरचनाहरू (बाटो, पुल, बिध्यालय, मन्दिर, सार्बजनिक भवन) पुनः निर्माणका लागि नगरपालिकाको स्रोत पर्याप्त नहुने भएकोले जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत प्रदेश र संघमा सिफारीस गरी पठाउने निर्णय गरेको छ ।
बैठकले नगरपालिकाको खुल्ला स्थान प्रयोग तथा संरक्षण सम्बन्धि कार्यविधि निर्माण गर्ने तथा मनसुनको अवधिमा प्रतिकार्यमा सहयोग गर्नुहुने जनप्रतिनिधिहरु, दलका प्रतिनिधिहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नेपाल रेडक्रस सोसाइटी तथा समुदाय र बिपद् व्यवस्थापन स्वयंसेवकहरुलाई धन्यवाद दिने निर्णय गरेको छ।
बैठकमा राजनैतिक दलका नगरस्तरीय प्रमुख तथा प्रतिनिधीहरूले नगरपालिकाले गरेको मनसुन प्रतिकार्यको सर्हाना गर्दै आगामी दिनमा पूर्व तयारीमा अझ जोड दिइ सम्भावित बिपदबाट हुन सक्ने क्षति न्युनीकरण तर्फ लाग्नुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो । उहाँहरुले बाढीको जोखिम न्यूनीकरणको लागी खोलाहरू फराकीलो पार्ने अभियान शुरु गर्न सुझाब दिनुभएको थियो ।
साथै नेपाल प्रहरी ,नेपाली सेना र सशस्त्र प्रहरीका प्रतिनिधिहरुले मनसुन प्रतिकार्यको अबस्थाको अनुभव आदानप्रदान गर्नुभएको थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुँमेगाई पनि सहभागि हुनुहुन्थ्यो ।