
खरीपाटी: चाँगुनारायण नगरपालिकाको न्यायिक समिति र उपप्रमुखको नाम जोडी सामाजिक सञ्जाल फेसबुकमा हातपात गर्न खोजेको भनी प्रकाशीत सामाग्री प्रति नगरपालिकाले गम्भिर ध्यानर्कषण भएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले बुधबार एक अपिल जारी गरि सामाजिक सञ्जालमा अनावश्यक रुपमा लाञ्छना लगाइएको भन्दै खण्डन गर्नु भएको हो ।

सामाजिक सञ्जालमा हुँदै नभएका अनावश्यक कुरालाई भए गरेको भनी नगरपालिका र सो सँग सम्बन्धीत ब्यक्तीको चरित्र हत्या गर्ने मनसायबाट प्रेरित भई गरिएको प्रचार प्रसार प्रति विश्वास नगर्न सबैमा अपिल समेत गरिएको छ ।

न्यायिक समितिको ईजलासमा यही भदौ ७ गते शुक्रबारका दिन बादी बद्रीप्र्रसाद दाहाल र प्रतिवादी गुणराज दाहाल भएको जग्गा मिची पर्खाल निर्माण गरेको सम्बन्धी मुद्दाको विवादका सम्बन्धमा न्यायिक समिति ईजलासमा दुवै पक्षबाट आआफ्नो कुरा राखी बहस भई ईजलासबाट भएको फैसला चित्त नबुझेको भनि ईजलासबाट बाहिर सचिवालयमा गई कर्मचारीहरुको टेबलमा मुड्की बजार्ने र होहल्ला गाली गलौज गरिरहेको अवस्थामा उपप्रमुखले हल्ला खल्ला भई ईजलासमा अवरोध भएको र फैसला उपर चित्त नबुझेमा सम्बन्धीत अदालतमा फैसला उपर पुनरावेदन गर्न जाने हक सुरक्षित छ भनेर सम्झाउने प्रयास गरी नगर प्रहरी बोलाई सचिवालयबाट बाहिर पठाइएको तर सो विषयलाई लिएर सामाजिक सञ्जालमा हातपात गरिएको भनी अनावश्यक प्रचार गरि ब्यक्तीगत लाञ्छना लगाउन खोजीएको जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, न्यायिक समितिले बुधबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै सामाजिक सञ्जालमा हुँदै नभएको कुरालाई अनावश्यक रुपमा प्रचार प्रसार गरिएको भन्दै आपत्ति जनाएको छ । न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमेश बुढाथोकीले सत्य तथ्य नबुझी गलत प्रचार प्रसार नगर्न र वास्तावीकता बुझ्न सबैमा आग्रह गर्नु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईँले नियतवंश सिसीटिभी फुटेज मेटिएको भन्ने कुराको खण्डन गर्दै कुनै फुटेज नमेटिएको र कहिलेदेखि सिसीटिभी बिग्रिएको हो भन्ने कुरा अहिले पनि थाहा हुने भएकाले आगामी दिनमा यस्ता कुरामा सचेत हुने बताउनुभयो ।

कानूनी सल्लाहकार कुष्ण मुरारी खनाल, न्यायिक समिति सदस्यहरु सुरेश कार्की, संगीता ढुंगाना घिमिरे, कानून अधिकृत विकास खडका र नगर प्रहरीहरुले उपप्रमुखले हातपात गरेको भन्ने कुरा झुठो भएको बताउनु भएको छ ।
