चाँगुनारायण नगरपालिका- ५ मा बृक्षारोपण, सैनीक प्रतिष्ठानदेखि वडा कार्यालय जाने सडकको दायाँ बायाँ पाँच सय बिरुवा रोपियो

खरीपाटी । चाँगुनारायण नगरपालिका वडा नंं ५ को सैनीक प्रतिष्ठान खरिपाटीबाट वडा कार्यालय हुँदै मत्स्येनारायण मन्दिर जाने बाटोको दायाँ-बायाँ बृक्षारोपण गरिएको छ । कृष्जन्माष्टमीको अवसरमा सोमबार करिब पाँच सय विरुवा रोपिएको हो ।

चाँगुनारायण नगरपालिका वडा नंं ५ को आयोजना र काठमाडौं उपत्यका बिकास प्राधिकरणको प्राविधिक सहयोग सो बिरुवा रोपिएको हो । केहि समय अघि मात्र करिब एक किलोमिटर पक्की सडक कालोपत्रे भएको थियो । सडक पक्की भएसँगै दायाँ-बायाँ विरुवा रोपएको हो ।

बृक्षारोपण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, प्राधिकरणका प्रमुख आयुक्त जानुका ढकाल, सहआयुक्त नबराज प्याकुरेल, वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडका, ६ का वडाध्यक्ष धन बहादुर लामा, २ का वडाध्यक्ष सोम प्रधानलगायत जनप्रतिनिधि, खानेपानी तथा सरसफाई शाखा प्रमुख सुरेन्द्र लामिछाने, स्थानीय र विभिन्न क्षेत्रका ब्यक्तीत्वहरुको बाक्लो सहभागिता थियो ।

प्राधिकरण आयुक्त ढकालले सानो प्रयासस्वस्प बिरुवा रोपिएको र आगामी दिनमा अन्य ठाउँमा पनि निरन्तरता दिने बताउनुभयो ।

नगर प्रमुख खत्रीले वातावरणमैत्री र ब्यवस्थित सडक निर्माण गर्नका लागि प्राधिकरणसँग संयुक्त रुपमा अगाडि बढिरहेको बताउनुभयो ।

वडा नंं ५ का वडाध्यक्ष खडकाले वडालाई स्वच्छ, सफा र हराभरा बनाउन र वातावरण प्रदूषण हुनबाट जोगाउन बृक्षारोपण गरिएको बताउनुभयो ।