खरीपाटी: चाँगुनारायण नगरपालिकामा एक वर्षमा ४०४ जनाले भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । बस्ती विकास तथा नक्सा शाखाका अनुसार ६१ वटा आंशिक निर्माण सम्पन्न प्रमाणपत्र, १७७ वटा भवन अभिलेखीकरण प्रमाणपत्र, ६५ वटा भवन नामसारी प्रमाणपत्र जारी गरिएको छ ।
नगरपालिकामा अनलाईन नक्सा प्रणाली इबीपिएस लागू गरिएको छ । प्रत्येक हप्ताको २ दिन घर नक्साको स्थलगत प्राविधिक अनुगमन गर्ने गरिएको छ भने ब्यवस्थित रुपमा भवन निर्माण गर्ने क्रम बढेको छ ।