सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिवीर सञ्चालन गर्दै चाँगुनारायण नगरपालिका, कुन ठाउँमा कहिले ?

खरीपाटी : चाँगुनारायण नगरपालिकाले मंगलबारदेखि सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिवीर सञ्चालन गर्ने भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ बाट सामाजीक सुरक्षा भत्ता लाभग्राहीहरुले अनीवार्य रुपमा जैविक विवरण बायोमेटिक भेरिफिकेसन सहित नवीकरण गर्नुपर्ने भएकाले लाभग्राहीको सहजताको लागि टोल टोलमा शिवीर सञ्चालन गरिन लागिएको हो ।

शिवीर साउन २९ गते देखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ । पहिलो दिन वडा नंं १ मा बिहान ७ बजेदेखि ११ बजेसम्म बेसी र दिउँसो १ बजेदेखि ४ बजेसम्म सरस्वतीखेलमा सञ्चालन हुनेछ ।

साउन ३० गते बिहान ७ बजेदेखि ११ बजेसम्म हनुमानटार र दिउँसो १ बजेदेखि ४ बजेसम्म बारुदखाना, वडा नंं ३ मा साउन ३१ गते बिहान ७ बजेदेखि ११ बजेसम्म बालभूषण र दिउँसो १ बजेदेखि ४ बजेसम्म यापीभैरव, वडा नंं ४ मा साउन ३२ गते बिहान ७ बजेदेखि १२ बजेसम्म न्याचापौवामा सञ्चालन हुनेछ ।

त्यस्तै, वडा नंं ५ मा भदौ २ गते बिहान ७ बजेदेखि ११ बजेसम्म पिखेल र दिउँसो १ बजेदेखि ४ बजेसम्म खरीपाटी, वडा नंं ६ मा भदौ ५ गते बिहान ७ बजेदेखि १२ बजेसम्म तेलकोटमा सञ्चालन हुनेछ ।

त्यस्तैगरि, वडा नंं ७ मा २०८१ भदौ ६ गते बिहान ७ बजेदेखि ११ बजेसम्म पदाली र दिउँसो १ बजेदेखि ४ बजेसम्म बागेश्वरी हेल्थपोष्ट, वडा नंं ८ मा भदौं ७ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म सरस्वीत मावि थाकलमाथ र दिउँसो १ बजेदेखि ४ बजेसम्म आरक्षण एकेडेमी सुडाल, वडा नंं ९ मा भदौ ९ गते बिहान ७ बजेदेखि ११ बजेसम्म चाँपाबोट र दिउँसो १२ बजेदेखि ३ बजेसम्म देवी माविमा सञ्चालन हुनेछ । नगरपालिकाले वडा कार्यालयहरुमा भने नियमीत रुपमा नवीकरण हुने जनाएको छ ।

नवीकरणका लागि के-के कागजात आवश्यक पर्छ त ?

नगरपालिकाका अनुसार नवीकरणका लागि ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिक र ६० वर्ष पूरा भएका दलित समुदायका लागि सक्कलै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र नम्बर, ज्येष्ठ एकल महिलाका लागि सक्कलै नागरिकताको प्रमाणपत्र, पतिको मृत्यु दर्ता वा अविवाहित प्रमाणित, सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्नेछ ।

त्यस्तै, विधवाका लागि पतिको मृत्यु दर्ता वा अविवाहित प्रमाणित र राष्ट्रिय परिचय पत्र नम्बर, पूर्ण अपाङ्घ भएका ब्यक्ति क वर्गका लागि जन्म दर्ता वा नागरिकर्ताको प्रमाणपत्र, संरक्षकको नागरिकताको प्रमाणपत्र र अपाङ्घ परिचयपत्र आवश्यक पर्नेछ । अति अशक्त अपाङ्घ भएका ब्यक्ति ख वर्गका लागि जन्म दर्ता वा नागरिकर्ताको प्रमाणपत्र, संरक्षकको नागरिकताको प्रमाणपत्र, अपाङ्घ परिचयपत्र र राष्ट्रिय परिचयप पत्र नम्बर आवश्यक पर्नेछ ।
त्यस्तैगरि, दलित बालबालिकाका लागि जन्म दर्ता प्रमाणपत्र र आमा वा संरक्षकको नागरिकताको प्रमाणपत्र आवश्यक पर्नेछ ।

यदी राष्ट्रिय परिचय पत्र नम्बर नभएका लाभग्राहीका लागि हालसालै खिचेको पासपोर्ट साइजको १ प्रति फोटो आवश्यक पर्नेछ भने ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपाङ्घ क वर्गका नागरिकहरुका लागि भने तत्काल राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने छैन । साथै हकवाला वा संरक्षक राखेमा हकवाला वा संरक्षकको नागरिकताको प्रतिलिपी र हालसालै खिचिएको पासपोर्ट साईजको फोटो १ प्रति ल्याउनुपर्ने नगरपालिकाले जनाएको छ ।