
खरीपाटी: चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित समिक्षा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको कार्यक्रममा १९ वटा शाखा, ९ वटै वडा र नगर अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सो अवसरमा नगर प्रमुख खत्रीले कार्यक्रम अत्यन्तै उपलब्धीमूलक भएकोमा खुसी ब्यक्त गर्नुहुँदै कर्मचारी र जनप्रतिनिधिबीच आपसी समन्वय, सहकार्य भएमा मात्र काम कारवाहीमा एकरुपता कायम गर्न सकिने बताउनुभयो ।

मेयर खत्रीले नगरपालिकाले छिटो, छरितो, विधि र प्रक्रिया सम्वत काम गर्ने र कार्यसम्पादनमा उत्कृष्ठ कर्मचारीलाई प्रोत्साहन गर्दै बताउँदै सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेमा समृद्ध नगर निर्माणमा सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले शाखा र वडाहरुले एक आपसमा भएका राम्रा कामको अनुशरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड समेत दिनुभयो ।

नगर उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले लिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध कायम हुनुपर्ने बताउनुभयो । चाँगुनारायणमा जनप्रतिनिधि एक ढिक्का भएर समृद्ध नगर निर्माणमा लागिपरेको बताउँदै उपप्रमुख बुढाथोकीले सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले सार्वजनीक महत्वका विषयमा स्पष्ट र चित्तबुझ्दो जवाफ दिन सक्ने गरि तयारी अवस्थामा बस्नुपर्ने बताउनुभयो । प्रमुख हुमेगाइँले आगामी दिनमा चौमासिक रुपमा समिक्षा कार्यक्रम गरिने, नगरपालिकाको सेवा प्रवाह र प्रगतिका विषयमा जानकारी गराइँदै लगिने बताउनुभयो ।
कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खड्काले चाँगुनारायण नगरपालिकाले केहि नमूना र उदाहरणीय कार्य गरिरहेको बताउनुहुँदै नगरपालिकाले गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पहिलो पटक ९ वटै वडा र नगरपालिकाका विषगत १९ वटा शाखाहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम प्रशासन अधिकृत सुरज पौडेलले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा प्रशासन शाखाको तर्फबाट प्रमुख सविना चौलागाई, राजस्व शाखाको तर्फबाट गोकुल कार्की, पशु पंक्षी विकास शाखाको तर्फबाट खड्क कुमार मैनाली, सामाजिक विकास शाखाको तर्फबाट निला कुमारी घिमिरे, स्वास्थ्य शाखाको तर्फबाट बलराम तिमिल्सिना, सहकारी शाखाको तर्फबाट शर्मीला पोखरेल, कृषि विकास शाखाको तर्फबाट श्रवण कुमार पासवानले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमको तर्फबाट रिता जोशी, पर्यटन प्रबद्र्धन शाखाको तर्फबाट सन्तोषी नेपाली, आन्तरिक लेखा परीक्षण शाखाको तर्फबाट दामोदर भण्डारी, आर्थिक प्रशासन शाखाको तर्फबाट जेमा सुब्बा, योजना अनुगमन तथा मूल्यांकन शाखा र पूर्वाधार शाखाको तर्फबाट विश्वजीत होनाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

चाँगुनारायण नगर अस्पतालको तर्फबाट डा.अर्जुन कार्की, न्यायिक प्रशासन तथा कानून र उपभोक्ता हित तथा बजार अनुगमन शाखाको तर्फबाट बसन्त बहादुर केसी, शिक्षा, युवा तथा खेलकूद शाखाको तर्फबाट रन्जना सापकोटा, खानेपानी तथा सरसफाई शाखाको तर्फबाट सुरेन्द्र लामिछाने, विपद् ब्यवस्थापन शाखाको तर्फबाट दिनेश थापा, आर्युवेद सेवा केन्द्र खरीपाटीको तर्फबाट रिता पौडेल र बस्ती विकास तथा नक्सा शाखाको तर्फबाट अनमोन क्षेत्रीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै, वडा नंं १ को तर्फबाट वडा सचिव दिपेश कुमार थापा, २ को तर्फबाट राधाकृष्ण गेलाल, ३ को तर्फबाट पशुपति गैडा, ४ को तर्फबाट शंकर केसी, ५ को तर्फबाट राकेश बासुकला, ६ को तर्फबाट प्रेम तुल्सी, ७ को तर्फबाट राजेन्द्र गणेश, ८ को तर्फबाट राजकुमार गिरी र ९ को तर्फबाट पुष्पराम लिबीले वडागत रुपमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ९ वटै वडाका वडाध्यक्षहरु, नगर सभा सदस्यहरु र कर्मचारीहरुको सहभागिता थियो ।


