खरीपाटीः चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा २६ करोड ६७ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले विभिन्न ३३ शीर्षकमार्फत सो रकम संकलन गर्न सफल भएको हो ।
गत आर्थिक वर्षको लागि २४ करोड १६ लाख राजस्व संकलन गर्ने पक्षेपण गरिएको थियो । तर पक्षेपणभन्दा २ करोड ५१ लाख ५ हजार बढी राजस्व संकलन भएको हो । आर्थिक वर्ष २०७९÷०८० मा २० करोड ६९ लाख २ हजार ७१८ रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झन्डै ६ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको हो ।
सिफारिस दस्तुरबाट सबैभन्दा बढी संकलन
राजस्व शाखाका अनुसार विभिन्न शीर्षकमध्ये सबैभन्दा बढी सिफारिस दस्तुरबाट राजस्व संकलन भएको छ । सिफारिस दस्तुरबाट १० करोड ७७ लाख १८ हजार ४८६ रुपैयाँ राजस्व संकलन भएको हो ।
त्यस्तै, ब्यवसाय रजिष्टेसन दस्तुरवापत ४ करोड ११ लाख २६ हजार २८५ रुपैयाँ, नक्सापास दस्तुरवापत २ करोड ३३ लाख ४४ हजार २५३ रुपैयाँ, पर्यटन शुल्क वापत १ करोड ३९ हजार राजस्व संकलन भएको छ ।
त्यस्तैगरि, मालपोत÷भुमिकरवापत १ करोड ४८ लाख २६ हजार ९७३ रुपैयाँ, बहाल कर वापत १ करोड ४७ लाख ४७ हजार ७६० रुपैयाँ राजस्व संकलन भएको छ ।
वडागत रुपमा सबैभन्दा बढी ९ बाट संकलन
राजस्व शाखाका अनुसार वडागत रुपमा वडा नंं ९ ले सबैभन्दा बढी राजस्व संंकलन गर्न सफल भएको छ । वडा नंं ९ बाट ३ करोड १० हजार १९८ रुपैयाँ संकलन भएको हो ।
त्यस्तै, दोस्रोमा वडा नंं ६ बाट २ करोड ४६ लाख ९४ हजार ४६३ रुपैयाँ, तेस्रोमा वडा नंं ८ बाट १ करोड ७५ लाख १३ हजार २९५ र चौथोमा वडा नंं ७ बाट १ करोड ३२ लाख ८९ हजार ११३ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तैगरि, वडा नंं २ ले १ करोड ८२ लाख ४६ हजार ५४३ रुपैयाँ, वडा नंं ४ ले १ करोड ३७ लाख २९ हजार २१० रुपैयाँ, वडा नंं ५ ले ९५ लाख ५५ हजार १८५ रुपैयाँ, वडा नंं १ ले ८८ लाख ८६ हजार ८८० रुपैयाँ र वडा नंं ३ ले ७० लाख ३१ हजार २५७ रुपैयाँ राजस्व संकलन गरेको छ ।
कुन शीर्षकमा कति ?