खरीपाटी: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले अवीरल वर्षाको कारण भक्तपुरका विभिन्न खोलामा आएको बाढीबाट भएको क्षतिप्रति दुख ब्यक्त गर्नु भएको छ ।
मेयर खत्रीले बाढीको कारण नगरबासीले ठूलो क्षति ब्यर्होनु परेको र समुदायमा ठूलो विपत्ति निम्तिएको बताउँदै यस संकटको घडीमा उद्धार, राहत तथा पुर्नस्थापनाको कार्यमा जुट्न सम्बद्र्ध सबैमा आग्रह गर्नु भएको छ ।
मंगलबार राति परेको अवीरल वर्षाका कारण भक्तपुरका धेरै भूभाग डुवानमा पर्दा ठूलो क्षति भएको थियो ।
मेयर खत्रीेले एक विज्ञप्ति जारी गर्नुहुँदै चाँगुनारायणबासीले वर्षेनि भोग्नु परिरहेको यस किसिमको विपत्तको स्थायी र दिगो समाधानका लागि स्थानीय तहको मात्र एक्लो प्रयास प्रयाप्त नहुने हुँदा प्रदेश र संघीय सरकारबाट सोही अनुरुप योजना बनाई कार्यान्वयन गर्नुपर्ने अवस्था विद्यमान रहेको उल्लेख गर्नु भएको छ ।
मेयर खत्रीले बाढी प्रभावीत क्षेत्रका बासीन्दाको उद्धार, राहत तथा पुर्नस्थापनाको कार्यमा नगरपालिकाको तर्फबाट भरमग्दूर प्रयास भइरहेको बताउँदै यस कार्यमा आवश्यक सहयोग गर्न स्थानीय संघसंस्था, स्वयसेवक तथा गैर सरकारी संस्थाका साथै सम्बन्धीत सबैमा अपिल गर्दै बाढी प्रभावीत क्षेत्रका नागरिकका लागि थप राहत र पुर्नस्थापनका लागि सहयोग गर्न आग्रह समेत गर्नुभयो ।