चाँगुनारायण नगरपालिकाद्धारा आयोजित मैत्रीपूर्ण कबड्डी प्रतियोगितामा पनौती नगरपालिका विजयी

खरिपाटी: चाँगुनारायण नगर खेलकुद विकास समितिको आयोजनामा भएको नगर स्तरीय मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकाले जितेको छ ।

शुक्रबार नगरपालिकाको सभा हलमा भएको फाइनल खेलमा बनेपा नगरपालिकालाई ४८।५६ ले हराउँदै पनौती नगरपालिकाले उपाधि जित हात पारेको हो ।

प्रतियोगितामा विजेता टोलीका खेलाडी मनिस थापा प्रतियोगिताको सर्वोकृष्ट घोषित भए । विजयी सम्पूर्ण खेलाडीलाई चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईं, शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनेश अर्याल, नगर खेलकूद विकास समतिका अध्यक्ष रघु केसीले पुरस्कार बितरण गर्नुभएको थियो ।सो अव

सरमा प्रमुख प्रशासकीय अधिकृत हुमेगाईंले नगरपालिकामै पहिलो पटक आयोजना भएको नगर स्तरीय मैत्रीपूर्ण कबड्डी प्रतियोगितालाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो ।

यसैगरी नगर खेलकूद विकास समतिका अध्यक्ष रघु केसीले अब आउने दिनहरुमा अझै धेरै प्रतियोगिता निरन्तर आयोजना हुने जानकारी गराउनु भयो ।

यसअघि कार्यक्रमको उद्घाटन नगर प्रवक्ता जनक खत्रीले गर्नु भएको थियो ।