चाँगुनारायण नगरपालिकाको न्यायिक समितिबाट ४५ वटा मुद्धा फछ्यौट र १५ वटा मिलापत्र

खरीपाटी: चाँगुनारायण नगरपालिकाको न्यायिक समितिमा दर्ता भएकामध्ये ४५ वटा मुद्दा फछ्यौट भएका छन् । उपप्रमुख तथा न्यायिक समितिका संयोजक रमेश बुढाथोकीका अनुसार जेष्ठ मसान्त सम्म दर्ता भएका ८४ मुद्दामध्ये ४५ वटा फछ्यौट भएका हुन ।

न्यायिक समितिले १० वटा मुद्दालाई अदालत पठाएको, १० वटा निर्णय भएको, १५ वटा मिलापत्र भएको र ९ वटा उजुरी डिसमिस गरिएको, चालु अवस्थामा न्यायिक समितिमा परेका ठाडो निवेदन एवं अन्य किसिमका निवेदनहरु उपर छलफल गरी ३ वटा घरेलु हिंसा र अन्य ७ वटा मिलाइएको संयोजक बुढाथोकीले बताउनुभयो ।

त्यस्तै, चालू आर्थिक वर्ष मा १८ जना मेलमिलापकर्ताहरु सूचीकृत भई नगरस्तरीय मेलमिलाप केन्द्र सञ्चालन भईरहेको जनाइएको छ ।

संयोजक बुढाथोकीलेनगरपालिकाका सबै वडाका करिव ५ सय नगरबासीको सहभागितामा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाका युवाहरुलाई स्थानीय तहको व्यवस्थापकीय अधिकारको बारेमा जानकारी दिन नमुना युवा नगरसभा र नगरसभाका सम्पूर्ण सदस्यहरुको सहभागितामा कानूनी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।