
खरिपाटी: चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष-२०८२ तयारीका लागि १ करोड २५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकामा जीवन खत्री नेतृत्वको नयाँ जनप्रतिनिधि आएपछि नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरि आवश्यक पूर्वाधार निर्माण गर्दै तयारी भइरहेको छ ।
तयारी अनुरुप नै यसअघि ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति‘ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव आयोजना गरिएको थियो । महोत्सवकै अवसरमा भ्रमण वर्ष २०८२ को लोगो समेत सार्वजनीक गरिएको थियो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ ०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको हो ।