योजना अलपत्र पार्ने निर्माण ब्यवसायीलाई कालोसूचीमा राख्छौ: जीवन खत्री, मेयर

खरीपाटी: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विकास निर्माणका योजना अलपत्र पार्ने निर्माण ब्यवसायीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको बताउनु भएको छ ।

नगरपालिकाका विभिन्न वडा र टोलमा रहेका योजनाहरू अलपत्र पार्ने निर्माण ब्यवसायीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको बताउनु भएको हो ।

नगर प्रमुख खत्रीले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने परिपाटीले विकास निर्माणमा सोचेजस्तो काम हुन नसकेको बताउनुहुँदै आगामी आर्थिक वर्षदेखि त्यस्ता निर्माण ब्यवसायीलाई कालोसूचीमा राखीने स्पष्ट पार्नुभयो ।

नगर सभाको तयारीमा ब्यस्त नगर प्रमुख खत्रीले सरोकारवाला निकायहरुसँग बसेर आगामी आर्थिक वर्षको लागि योजना छनौट गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।

चालु आर्थिक वर्षका धेरै योजनाहरु अन्तिम चरणमा पुगेको बताउनुहुँदै मेयर खत्रीले नगरको समृद्धिमा आगडि बढिरहेको बताउनुभयो ।