खरीपाटी: चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले चाँगुनारायणको समृद्धिमा जनप्रतिनिधिहरु एकढिक्का भएर अगाडि बढिरहेको बताउनु भएको छ । चाँगुनारायणलाई समृद्धिको दिशामा आगडि बढाउन जनप्रतिनिधिहरु एकढिक्का हुँदै सबैको सल्लाह सुझावअनुसार अगाडि बढिरहेको बताउनुभएको हो ।
आइतबार नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपप्रमुख बुढाथोकीले नयाँ जनप्रतिनिधि आएपछि शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, खेलकूद, कृषि, खानेपानी, पर्यटनलगायतका धेरै क्षेत्रमा सुधार भइरहेको र पहिलो कार्यकालमा जनप्रतिनिधिले अगाडि सारेका राम्रा योजनाहरुसमेत कार्यान्वयन हुँदै गएको बताउनुभयो ।
आफू मातहात रहेका विभिन्न शाखाहरुको सन्तोषजनक प्रगति भएको र आगामी दिनमा पनि कार्यप्रगतिलाई आधार बनाएर बजेट विनियोजना गरिने बताउनुभयो ।
अनुगमन समितिका संयोजक समेत रहनु भएको बुढाथोकीका अनुसार नगरसभाबाट विनियोजन भएका ५ लाख भन्दा माथिका योजनाहरुको नगरपालिकाले अनुगमन समितिबाट अनुगमन गर्ने गरिएको, चालु आर्थिक वर्षमा ५ लाख भन्दा माथि विनियोजित रकमको बैशाख मसान्तसम्म १ सय ७ वटा योजनाको अनुगमन गरि फरफारकको लागि सिफारिस गरिएको, नगरपालिकाभित्र सम्पन्न भएका योजनाहरुको एकै दिनमा बढीमा २१ वटा सम्म अनुगमन गरिएको, उपभोक्ता समिति र ठेक्का मार्फत संचालन भएका योजनाहरुको निर्माणको चरणमा र योजनाको अन्तिम भुक्तानी दिने चरणको नियमित अनुगमन गर्ने गरिएको छ ।
चाँगुनारायण नगरभित्र वडागत रुपमा निशुल्क खेलकूद प्रशिक्षण कार्यक्रमको थालनी गरिएको, शैक्षिीक गुणस्तर अभिबृद्धिका लागि विभिन्न खालका रचनात्मक गतिविधि संचालन भइहरेको पनि उपप्रमुख बुढाथोकीले बताउनुभयो ।
त्यस्तै, चालु आर्थिक वर्षमा १८ वटा मेलमिलापकर्ताहरु सूचीकृत भई नगर स्तरीय मेलमिलाप केन्द्रको संचालन भइरहेको, वडा स्तरीय कानूनी सचेतना कार्यक्रम प्रत्येक वडामा संचालन भएको र ४ सय ५० भन्दा बढी लाभान्वित भएको बताउनुभयो । न्यायिक समितिमा दर्ता भएका निवेदहरुमध्ये २४ वटा मिलापत्र भएको, २१ वटा निर्णय भएको, ९ वटा अदालत पठाइएको, १५ वटा तारेख छोडि उपस्थित नभएको गरि ६८ वटा फछ्यौट गरिएको छ भने १५ वटा कारवाही युक्त अवस्थामा रहेका छन् ।
त्यस्तैगरि, हालसम्म विभिन्न्न शीर्षक अन्तर्गत २१ करोड ५० लाख राजस्व संकलन भएको पनि उपप्रमुख बुढाथोकीले बताउनुभयो । वडा नंं १ देखि ९ सम्मका १ सय जना कृषकलाई निशुल्क रुपमा बिषादी वितरण गरिएको, २ सय जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरिएको, खेती बाली सम्बन्धी घुम्ती तालिम संचालन गरिएको, सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा खोप अभियान संचालन गरिएको, किसान कार्ड लागू गराउन किसानहरुको तथ्यांक संकलन गर्ने कार्य भइरहेको जस्ता कार्यहरु भएको उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।