समृद्ध चाँगुनारायण निर्माण गर्न क्रियाशील भएर लागिपरेका छौ : मेयर, जीवन खत्री,

खरीपाटी: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुई वर्षे कार्यकालमा देख्न लायक महत्वपूर्ण कार्य भएको बताउनु भएको छ ।

नगर प्रमुख खत्रीले कार्यकाभार समालेको दुई वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, भौतीक पूर्वाधारलगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताउनु भएको हो ।

भक्तपुर टाईम्स र कैलाश खवर अनलाइन सँग गरिएको अन्तर्वार्ताको क्रममा मेयर खत्रीले यसअघिका जनप्रतिनिधिले शूरु गर्नु भएको धेरै कार्यहरु पूरा गरेको र केहि पूरा हुने चरणमा रहेको समेत स्पष्ट पार्नुभयो ।

आफू निर्वाचीत भएपछि नगरकोट भ्रमण वर्ष २०८२ को घोषणा गरि पूर्व तयारी गरिरहेको र त्यसको लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको, कृषी पेसालाई पोत्साह गर्ने उद्देश्यले किसान कार्डको लागि किसानहरुको तथ्यांक संकलन गर्ने कार्य भइरहेको बताउनुभयो ।

नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउनेदेखि नगर अस्पतालबाट नगरबासीलाई विभिन्न क्षेत्रमा निशुल्क उपचारको वन्दोवस्थ गर्ने काम भइरहेको बताउनुभयो ।

‘निर्वाचीत भएर आएपछि ब्यक्त प्रतिबद्धता अनुसार चाँगुनारायण नगरबासीको आवश्यकता, समस्यालाई हल गर्दै समृद्ध चाँगुनारायण निर्माण गर्ने अभियानमा क्रियाशील भएर लागिपरेका छौ, उहाँले भन्नुभयो, नयाँ नगरपालिका भएकाले पहिलो कार्यकालका जनप्रतिनिधिहरुले सक्दो प्रयास गरेपनि पूर्णता पाएको थियो । पहिलो कार्यकालमा नयाँ भवनको प्रारम्भ भएकोमा निर्माण सम्पन्न गरेर आफ्नै भवनबाट सेवा प्रवाह गरेका छौ । हामीले नगरबासीको हितलाई केन्द्रमा राखेर स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौ ।’

नगरपालिकाको मूल मान्यता पनि नगरबासी सुरक्षीत र खुसी बनाउने नै रहेको बताउँदै भन्नुभयो, ‘हाम्रा अरु आधारभूत आवश्यकता र समस्यालाई सबैका साझा सहभागितामा नीतिगत रुपमा पारदर्शी र ब्यवस्थित ढंगले अगाडि बढाउन लागिरहेका छौ । सम्बन्धीत सरोकारवाला, ब्यवसायी, राजनीतिक दल, नागरिक समाज, बृद्धिजीवी, राजनीतिक दलहरुले आआफ्नो जिम्मेवारी र भूमीकालाई सकारात्मक हिसावले सबैको अपनत्व र साझेदारी होस भन्ने उद्देश्यले सबैको सहभागितामा अगाडि बढ्ने र साझा धारण बनाएर अगाडि बढ्ने योजनाका साथ अगाडि बढिरहेका छौ ।’

नगरबासलाई नभई नहुने खानेपानी, स्वास्थ्य उपचारमा सहजताका लागि नगर अस्पतालमार्फत निशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने र त्यसलाई ब्यवस्थित बनाउने कार्य भइरहेको बताउनुभयो ।

विगतमा खेलकूद शून्य जस्तै रहेकोमा बालबालीका र युवाहरुलाई खेलकूदप्रति आर्कषण बढाउँदै स्वास्थ्यलाई दृष्टिगत गर्दै योग जस्ता कार्यक्रमलाई अगाडि बढाएर सकारात्मक चिन्तन र सोचको विकास गराउन लागिपरहेका उहाँको भनाई छ ।

नगरपालिका सबैभन्दा कान्छो नगरपालिका भएको र स्थापना भएको पनि आठ वर्ष मात्र भएको बताउँदै भन्नुभयो, ‘हाम्रा बीचमा पचासौ वर्षदेखि महानगर, उपमहानगर र नगरपालिकाहरु साधन, स्रोत र क्षमतामा पूर्ण हुँदा पनि नगरबासी खुसी र सन्तुष्ट हुन नसकेको हामीले पाएका छौ । हामीले भने छोटो समयमा भएपनि नयाँ नगरपालिका बनेपछि जनप्रतिनिधिहरुप्रति नगरबासीको अपेक्षा, भरोसा र विश्वास भने जित्न सफल भएका छौ । नगरलाई समृद्ध बनाउन लागिरहेका छौ ।’

सामुदायिक विद्यालयप्रतिको आर्कषण घट्दो रहेको अवस्थामा सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन शैक्षिक क्रियाकलपमा चाहिने पोषण खाजामा नेपाल सरकारले १५ रुपैयाँ उपलब्ध गराएकोमा नगरपालिकाको आन्तरिक स्रोतबाट १० रुपैयाँ थपेर २५ रुपैयाँ उपलब्ध गराउँदै आएको, पहिलाको तुलनामा सामुदायिक विद्यालयप्रति आर्कषण र विश्वास बढ्दै गएको, शैक्षीक क्रियाकलपको सुधारको कार्यक्रम सञ्चालन गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको मेयर खत्रीले बताउनुभयो ।