
खरीपाटी: चाँगुनारायण नगरपालिकामा जेठ १ गते देखि सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइने भएको छ ।
पशु विकास शाखा प्रमुख खड्ग कुमार मैनालीका अनुसार मंगलबारदेखि नगरका विभिन्न स्थानमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइने भएको हो ।
कार्यक्रम अनुसार जेठ १ गते वडा नंं २ को कार्यालय दुवाकोट, २ गते वडा नंं ४ स्थित चाँगुनारायण, ३ गते वडा नंं ८ सुडाल र ४ गते वडा नं ६ नगरकोटमा संचालन हुने प्रमुख मैनालीले जानकारी गराउनुभयो ।
हाल काठमाण्डौं उपत्यकामा मात्रै ४० हजार भन्दा बढी सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । सामुदायिक कुकुरलाई निश्चित ठाउँमा संरक्षण गरेर राख्नुपर्ने आवाज उठ्ने गरे पनि बन्ध्याकरण र रेबिजको खोप नै दीर्घकालीन समाधान रहेको विज्ञहरु बताउँछन् ।