खरीपाटी: चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म २० करोड भन्दा माथि राजस्व संकलन गरेको छ । नगरपालिकाले विभिन्न शीर्षकमार्फत हालसम्म २० करोड १७ लाख ३५ हजार ६ सय ८९ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । चालु आर्थिक वर्षको लागि २४ करोड १६ लाख राजस्व संकलन हुने पक्षेपण गरिएको थियो ।
राजस्व शाखाका विष्णुहरि आचार्यले असार सम्म अपेक्षा गरेभन्दा बढी राजस्व संकलन हुने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले विभिन्न २२ शीर्षकबाट सो रकम संकलन गर्न भएको हो ।
त्यस्तै, वडागत रुपमा वडा नंं ९ ले सबैभन्दा बढी राजस्व संंकलन गरेको छ । वडा नंं ९ ले चालु आर्थिक वर्षको हालसम्म २ करोड २६ लाख ५० हजार, दोस्रोमा वडा नंं ६ ले १ करोड ९२ लाख ५० हजार, तेस्रोमा वडा नंं ८ ले १ करोड ४१ लाख राजस्व संकलन गरेको छ ।
त्यस्तै, वडा नंं १ ले ७० लाख ५० हजार, वडा नंं २ ले १ करोड ४० लाख, वडा नंं ३ ले ५७ लाख ५० हजार, वडा नंं ४ ले १ करोड १ लाख, वडा नंं ५ ले ६९ लाख र वडा नंं ७ ले ९४ लाख राजस्व संकलन गरेको राजस्व शाखाले जनाएको छ ।
त्यस्तैगरि, विभिन्न शीर्षकमध्ये सबैभन्दा बढी सिफारिस दस्तुरबाट ८ करोड १० लाख ३० हजार ९२७ रुपैयाँ, ब्यवसाय रजिष्टेसन दस्तुरवापत ३ करोड १० लाख २६ हजार ७ सय रुपैयाँ, भुमिकरवापत १ करोड १९ लाख ८३ हजार ४ सय ७१ रुपैयाँ राजस्व संकलन भएको छ ।