खरीपाटी : चाँगुनारायण नगरपालिकाको पशु विकास शाखाको आयोजनामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप र लम्पी स्कीन रोग सम्बन्धी सरोकारवालासँग अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रम नगर उपप्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्नहुुँदै नगर उपप्रमुख बुढाथोकी किसान कार्ड लागू गर्न नगरका वडावडामा किसान तथ्यांक संकलन गर्ने कार्य भइरहेको भन्दै यथेष्ठ जानकारी दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
वास्तावीक किसानले नगरपालिकाबाट पाउने सेवा सुविधा पाओस र पुगोस भन्ने उद्देश्यले किसान तथ्यांक संकलन गर्दै सूचीकृत गर्न लागिरहेको बताउनुभयो ।
यो वर्ष के के काम भयो र के कति किसानहरु लाभान्वित भए भन्ने आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने पनि उपप्रमुख बुढाथोकीले बताउनुभयो ।
शाखाहरुले गरेको कार्यसम्पादन र मूल्यांकन तथा लाभान्वितको आधारमा बजेट निर्माण हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको लागि कृषि तथा पशुपंक्षी शाखाको बजेट बढाइएको र पशुपंक्षी विकास शाखाले सक्रियताका साथ कार्यसम्पादन गरिरहेको भन्दै आगामी दिनमा अझ बढी नतिजा आउने गरि परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले वडा वडामा कार्यक्रम लैजान र प्रभावकारी बनाउन आग्रह गर्दै बजेटको अभाव हुन नदिने बताउनुभयो । वास्तावीक काम गर्ने किसानलाई जोस जाँगर बढाउने र लाभान्वित हुने गरि शाखाले कार्य गर्नुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले लम्पी स्कीन रोग देशभर महामारीको रुमा फैलिदा किसानले ७८ अर्बको क्षति ब्यहोर्नु परेको भन्दै आगामी दिनमा पनि यो रोग फैलन सक्ने तर्फ सर्तक हुनुपर्ने बताउनुभयो ।
लम्पी स्कीन रोगबाच बचाउन पूर्ण खोपको प्रक्रियामा अगाडि बढ्नुपर्ने र सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँर्ले एकै पालिकाले मात्र गरेर सामुदायिक कुकुर नियन्त्रण नहुने भएकाले काठमाडौं उपत्यकाभित्रका पालिकाहरुको सामूहिक प्रयासबाट मात्र सभ्भव हुने बताउनुभयो ।
पशु विकास शाखा प्रमुख खड्ग कुमार मैनालीले जेठ १ गतेदेखि नगरका विभिन्न स्थानमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप लगाउने कार्यक्रम भएकाले कार्यक्रम सञ्चालन पूर्व सरोकारवालाहरुलाई प्रशिक्षण प्रदान गरिएको बताउनुभयो ।
जेठ १ गते वडा नंं २ को कार्यालय दुवाकोट, २ गते वडा नंं ४ स्थित चाँगुनारायण, ३ गते वडा नंं ८ सुडाल र ४ गते वडा नं ६ नगरकोटमा संचालन हुने प्रमुख मैनालीले जानकारी गराउनुभयो ।
कार्यक्रममा पशु चिकित्सक सौरव गेलाल, राजेश कुमार शाह र मिनु शर्माले डम्पी स्कीन, सामुदायिक कुकुरहरुको नियन्त्रण, रेविज खोप र बन्याकरणको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा सामाजीक विकास समितिका संयोजक जनक खत्री, विभिन्न वडाका वडाध्यक्षहरु, प्रशासन अधिकृत सुरज पौडेल, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, किसान तथा सरोकारवालाहरुको सहभागिता थियो ।