चाँगुनारायण नगरपालिकाद्धारा कृषकहरुलाई गाई र च्याप कटर वितरण

खरीपाटी: चाँगुनारायण नगरपालिकाले कृषकहरुलाई गाई र च्याप कटर वितरण गरेको छ । चाँगुनारायण नगरपालिका प्रधानमन्त्री कृषि आधुनिकरण आयोजना अन्तरगत वडा नंं ७ र ८ का कृषकहरुलाई गाई र च्याप कटर वितरण गरिएको हो ।

नगरपालिकाको गाई भैसी पकेट विकास कार्यक्रमलाई निरन्तरता दिदैं आत्ममिलन कृषि सहकारी सस्था लि चागुनारायण नगरपालिका ८ सँग सम्झाौता गरी वडा नम्वर ७ र ८ मा ५० प्रतिशत लगानीमा १७ वटा गाई र २ वटा च्याप कटर खरिद गरिएको थियो ।

वडा नंं ८ मा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्री, जनप्रतिनिधि कर्मचारी कृषकहरुको सहभागीतामा वितरण गरिएको हो । यो कार्यक्रम अन्तर्गत संघीय सशर्ततर्फबाट १० लाख २ हजार बजेट विनियोजना भएको थियो ।

चाँगुनारायण नगरपालिका क्षेत्र बाहिरबाट खरिद गरिएको जर्सी गाईहरु र होलिष्टिन फ्रिजियन जातका रहेका छन् । एउटा गाइको सरदर दुध उत्पादन १२ लिटर भन्दा बढी रहेको हुदाँ झन्डै २०० लिटर भन्दा बढी दुध उत्पादन भइरहेको स्थानीय पशु सेवा प्राबिधिक भरत दुलालले बताउनुभयो ।

सार्वजनिक कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकी, कृषक रेणुका नेपाल र गड्डगा प्रसाद तिमिल्लसीना, कार्यवाहक वडा अध्यक्ष अनिता परियार, पशुपन्छी विकास शाखा प्रमुख खडक कुमार मैनाली मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा गार र च्यापकटर बाहेक पशुपालन तालिम अभिमुखिकरण गोष्ठीका साथै गाईको लागि निशुल्क औषधी बितरण गरिएको थियो । आत्ममिलन कृषि सहकारी सस्थाले वडाको सिफारिसमा गत बर्ष लम्पीबाट पिडित गरिव तथा एकल महिला छनौट गरि कार्यक्रम संचालन गरेको थियो ।