खरीपाटी : चाँगुनारायण नगरपालिकाले १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि मजदुर दिवसको अवसरमा अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको हो ।
‘सूचीकृत बेरोजगारहरुलाई पूर्णकीलीन रोजगारीको प्रतिवद्धता, सामूहिक सीप तालिम प्रदान गरी वित्तीय सहजीकरणको प्रतिवद्धता, सामाजिक सुरक्षा कोषमा आवद्धता’ लगायत ‘मर्यादित काम, श्रमिकको सम्मान’ नारासहित आयोजित कार्यक्रम नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत चुरामणी पन्थी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकृत पंकजलाभ कर्ण, नगरपालिकाका अधिकृत सुरज पौडेल, नगरपालिका रोजगार संयोजक रिता जोशी, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका, वडा नंं ९ का वडाध्यक्ष गणेश त्यात, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापती परशुराम पाण्डे, कार्यापालिका र नगर सभा सदस्यहरु, रोजगार कार्यक्रममा आबद्ध श्रमीकहरु तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा सहभागिहरुले अन्तरक्रिर्या कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।