
नगरकोट: काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकको संगमस्थल नगरकोटको सिमाङ्कन टुंग्याएर सिमानाको नक्सासहितको प्रतिवेदन चारै नगरपालिकाका नगर प्मुखहरुलाई बुझाइएको छ ।

नगरकोट नाल्दूम पर्यटन विकास समितिले पर्यटकीय नगरी नगरकोट क्षेत्रसँग जोडिएको जिल्ला तथा नगरपालिकाको सिमाङ्कन टुग्याएर काठमाडौंको शंखरापुर, भक्तपुरको चाँगुनारायण, काभ्रेको मण्डल देउपुर र बनेपा नगरपालिकाका नगर प्रमुखहरुलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

नगरकोटमा आयोजित एक कार्यक्रमकाबीच नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, बनेपाका नगर प्रमुख शान्ति रत्न शाक्य, मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवा, शङ्खरापुरका नगर प्रमुख रमेश नापितलाई प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो ।
नगरकोटको सिमांकन टुग्याउनका लागि नापी विभागका अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा काठमाडौं, भक्तपुर र काभ्रेका चारै नगरका नगर प्रमुख, वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक सम्मिलित समिति गठन गरिएको थियो । सो समितिले यसअघि स्थगत निरीक्षण समेत गरेको थियो ।

तीन जिल्लाको केन्द्रको रुपमा रहेको नगरकोटलाई पर्यटन प्रबद्र्धन गर्नका लागि चारै नगरपालिकाले १०÷१० लाखको बजेट विनियोजन गरेर आवश्यक कार्य अगाडि बढिरहेका छन् । नगरकोट भ्रमण वर्ष २०८२ को तयारी समेत तीब्र रुपमा भइरहेको छ । यसका अलवा भावी दिनमा पर्यटन पबद्र्धन र फोहोरमैला ब्यवस्थापनमा जोड दिन संयुक्त रुपमा नगरपालिकाका जनप्रतिनिधिहरु लागिपरेका छन् ।