स्थानीय स्काउट चाँगुनारायणको दिक्षान्त समारोह सम्पन्न

खरिपाटी: स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकाद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम एवं स्थानीय स्काउट प्रमुखको दीक्षान्त समारोह सम्पन्न भएको छ।

चाँगुनारायण नगरपालिकाको सभाहलमा संचालित कार्यक्रमको सभापतिमा स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकाको स्थानीय स्काउट संरक्षक एवं चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्री, प्रमुख अतिथिमा नेपाल स्काउटको प्रमुख आयुक्त साथै राष्ट्रिय प्रशिक्षक महेन्द्र राज रंजीत, विशिष्ट अतिथिमा स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकाको स्थानीय स्काउट प्रमुख एवं चाँगुनारायण नगरपालिकाको उप मेयर रमेश बुढाथोकी सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, अतिथिमा चाँगुनारायण नगरपालिकाको प्रशासकीय अधिकृत चुरामणी पन्थी, स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकाको सदस्य सचिव एवं नगरपालिकाको शिक्षा निर्देशक विर बहादुर खड्का, नेपाल स्काउट, बागमती प्रदेश स्काउटका प्रदेश आयुक्त साथै राष्ट्रिय प्रशिक्षक शिब कुमार त्वायना, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाको सभापति परशुराम पाण्डे, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाको मन्त्री धर्मराज कार्की, स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकाको स्थानीय प्रमुख आयुक्त साथै सहायक राष्ट्रिय प्रशिक्षक राज कुमार जरेजु, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव साथै राष्ट्रिय प्रशिक्षक राम गोपाल कर्पमाचार्य, नेपाल स्काउटका पूर्व राष्ट्रिय तालिम आयुक्त साथै राष्ट्रिय प्रशिक्षक भक्त राज भण्डारी, स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकाको निर्वतमान तदर्थ समिति संयोजक साथै राष्ट्रिय प्रशिक्षक उमेश प्रसाद शिंह पनि सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि रंजीतले स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकाको स्थानीय स्काउट प्रमुख रमेश बुढाथोकीलाई दीक्षित गराउनु भयो। त्यसै गरी नेपाल स्काउटको चौँथो तह तालिम लिएर आवश्यक प्रक्रिया पुरा गरी एडभान्स स्काउटर बन्न सफल हुनुभएका स्थानीय कार्यकारी समितिका सदस्य आयुक्त स्काउटर प्रकाश कुमार कार्क लाई एडभान्स स्कार्फ र बिड्स लगाई दिनुभयो ।

निर्वाचित परिषद् सदस्यहरु एवं कार्यकारी समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै नेपाल स्काउटले दिनु पर्ने साथ र सहयोग स्थानीय स्काउट कार्यालय, चाँगुनारायण नगरपालिकालाई सदैव रहने प्रतिबद्धता जनाउनुभयो ।

उपप्रमुख बुढाथोकीले नेपाल स्काउटका प्रमुख आयुक्त, बाग्मती प्रदेश स्काउटका प्रमुख आयुक्त, स्थानीय प्रमुख आयुक्त, नव निर्वाचित स्थानीय परिषद् सदस्यहरु एवं कार्यकारी समितिका पदाधिकारीलाई बधाई र सफल कार्यकालको शुभकामना दिँदै स्थानीय स्काउट कार्यालय र तालिम केन्द्र सन्चालन गर्नको निमित्त चाँगुनारायण नगरपालिका वडा नं ४ अवस्थित न्याचा पौवा आधारभूत बिध्यालय नगर कार्यपालिकाको बैठक बाट निर्णय भइसकेको जानकारी गराउनुभयो ।

कार्यक्रमको सभापति तथा नगर प्रमुख खत्रीले नेपाल स्काउटका प्रमुख आयुक्त, बाग्मती प्रदेश स्काउटका प्रमुख आयुक्त, स्थानीय स्काउट कार्यालय चाँगुनारायण नगरपालिकाको प्रमुख आयुक्त, नव निर्वाचित स्थानीय परिषद् सदस्यहरु एवं कार्यकारी समितिका पदाधिकारीहरुलाई बधाई र सफल कार्यकालको शुभकामना दिनुभयो ।

उहाँले नगरपालिका भित्र स्काउटिङ्ग गतिबिधि बिस्तार गर्न चाँगुनारायण नगरपालिका र आफु स्वयं तत्पर भएको बताउदै स्काउटले जिवन उपयोगी शिक्षा सिकाइमा‌ महत्वपूर्ण भूमिका निर्वाह गर्ने र विभिन्न क्षेत्रमा सहयोग गर्ने कार्य निरन्तर रुपमा गर्दै जानेछ भन्ने विश्वास ब्यक्त गर्नुभयो ।