दुवाकोट: चाँगुनारायण नगरपालिकाले नि:शुल्क पशु स्वास्थ्य शिबिर शूरु गरेको छ ।
पंशुपन्छी विकास शाखाको आयोजनामा बिहीबारबाट शूरु शिविर ९ गतेसम्म चल्नेछ । पहिलो दिन वडा नंं १ मा शिविर आयोजना गरिएको हो ।
पशुपन्छी विकास शाखा प्रमुख खडक कुमार मैनालीले शिविरमा कुकुर तथा बिरालोहरुमा रेबिज रोग विरुद्धको खोप सेवा, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा उपचार सेवा, बोका तथा बहरका लागि बन्ध्याकरण सेवा, अन्य उपचार तथा बाझोपन निवारण सेवा र विशेषज्ञ परामर्श सेवाहरु प्रदान गरिएको जानकारी गराइनेछ ।
प्रमुख खडकाका अनुसार शुक्रबार २ गते वडा नंं २ वडा कार्यालयको नयाँ भवन दुवाकोटमा, ३ गते वडा नंं ३ वडा कार्यालयको नयाँ भवन झौखेलमा, ४ गते वडा नंं ४ न्याचोपौवा आधारभूत परिसरमा, ५ गते वडा नं. ५ मच्छेनारायण मन्दिर परिसरमा, ६ गते वडा नंं ६ वडा कार्यालय पिपलबोटमा, ७ गते वडा नंं ७ बागेश्वरी स्वास्थ्य चौकीमा, ८ गते वडा नंं ८ सरस्वती स्थानमा र ९ गते वडा नंं ९ पुजारीपाटी छापमा शिविर हुनेछ ।