चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सामुदायीक विद्यालयलाई सबैको रोजाई र भरोसाको केन्द्र बनाउन लागिरहेको बताउनु भएको छ ।
मंगलबार गणेश माध्यामिक विद्यालय चाँगुनारायण नगरपालिका-५ छालिङ्ग, भक्तपुरको ४३ औं वार्षिकोत्सव समारोह, अभिभावक दिवस, सम्मान कार्यक्रम, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रममा मन्तब्य राख्नुहुँदै मेयर खत्रीले सामुदायिक विद्यालयप्रति भरोसा र विश्वासीलो बनाउन लागिरहेको बताउनु भएको हो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न भौतीक पूर्वाधार र शैक्षीक सेवामा निरन्तर सहयोग गरिरहेको मेयर खत्रीले बताउनुभयो । शैक्षिक क्षेत्रमा नीतिगत रुपमा भोग्दै आएका समस्यालाई समाधान गर्न लागिरहेको बताउँदै मेयर खत्रीले नगरका सामुदायिक विद्यालयलाई शेक्षिक केन्द्रको रुपमा विकास गरेर राम्रा, बैज्ञानीक र नैतिकवान शिक्षा आफ्नै विद्यालयबाट प्राप्त गर्न सक्ने बनाउन आवश्यक रहेको बताउनुभयो ।
नगरभित्र रहेका सबै सामुदायिक विद्यालयहरुलाई विश्वका जुनसुकै विश्वविद्यालयमा गएर पनि प्रतिस्पर्धा गर्न सक्ने, राष्ट्र हाक्न सक्ने र कुनै पनि क्षेत्रमा कमजोर नहुने गरि शैक्षिक गुणस्तर अभिबृद्धि गराउन निरन्तर लागिरहेको उहाँको भनाई छ । उहाँले आगामी शैक्षीक सत्रदेखि सामुदायिक विद्यालयको भौतीक र शैक्षीक गुणस्तर अभिबृद्धि गर्न आवश्यक थप नीति नियम र कार्यक्रम बनाएर अगाडि बढ्ने पनि बताउनुभयो ।
नगरबासीलाई अब्बल र सक्षम बनाउनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताउँदै समयमै शिक्षा ऐन र कार्याविधि स्पष्ट रुपमा नआउँदा स्थानीय तहलाई कानूनी अप्ठयारा परेकाले कतिपय कुरामा बाध्यता रहेको बताउँनुभयो ।
अहिले स्थानीय तहले सबै काम गर्नुपर्छ भन्ने जस्ता भाष्य सिर्जना भएको बताउँदै उहाँले देशमा तीन तहको सरकार छ भन्ने कुरा कसैले बिर्सन नहुने बताउनुभयो । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएपनि संघ र प्रदेशले गर्न नसकेको काम स्थानीय तहको थाप्लोमा हालेर आफू पन्छिने र धमिल्याउने काम भइरहेकोमा आपत्ति जनाउनुभयो ।