चाँगुनारायण : चाँगुनारायण नगरपालिका वडा नंं १ का वडाध्यक्ष सिजन कार्की वन वातावरण तथा ब्यवस्थापन विभागको सदस्यमा मनोनीत हुनु भएको छ ।
होटेल एभरेस्टमा सम्पन्न नेपाल नगरपालिका संघ केन्दीय समितीको बैठकले वडाध्यक्ष कार्कीलाई सदस्यमा मनोनीत गरेको हो । मनोनीत कार्कीलाई संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
बैठकमा ७ वटै प्रदेशबाट जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो । बैठकले पालिकामा देखिएका समस्याहरुको बारेमा छलफल गरेको थियो । साथै पालिकामा बिज्ञापन, पर्यटन र स्वास्थमा देखिएका समस्या तथा समाधानको बारेमा समबन्धित बिभागका बिज्ञहरुबाट प्रस्तुति भएको थियो ।