चाँगुनारायण नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा सम्राज्ञी थापा प्रथम

खरिपाटी : चाँगुनारायण नगरपालिकास्तरीय बक्तृत्वकला प्रयितोगितामा बाल अधिकार सञ्जालकी सम्राज्ञी थापा प्रथम हुनु भएको छ ।

नगरपालिकाको आठौ स्थापना, बालमैत्री स्थानीय तह घोषणाको दोस्रो बार्षिकोत्सव तथा ११४ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नंं १ स्थित बाल सञ्जालकी थापा प्रथम हुन भएको हो ।

“बालमैत्री अधिकार र स्थानीय बालमैत्री शासन” सम्बन्धी वक्तृत्वकला प्रतियोगितामा वडा नंं ८ मा रहेको बाल सञ्जालकी प्रतियोगिता सुमीना तिमिल्सिना द्धितीय र सोही वडामा रहेको बाल्मीकेश्वरी माविमा अध्ययानरत छात्र रोजल दुलाल तृतीय हुन सफल हुनुभयो ।

विजयीहरुलाई आइतबार स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद दुलर्भ थापा, प्रदेश सभा सांसद सुरेश श्रेष्ठ र नगर प्रमुख जीवन खत्रीले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो ।