चाँगुनारायण नगरपालिकाद्धारा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन ३५ दिने सूचना जारी

खरिपाटी : चाँगुनारायण नगरपालिकाले सरकारी, सार्वजनिक जग्गाको अतिक्रमण, गैर कानूनी प्रयोग तथा संरचनाहरु हटाउने सम्बन्धी ३५ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बुधबार एक सूचना जारी गर्नुहुँदै अतिक्रमीत संरचनाहरु हटाउन आग्रह गर्नु भएको हो ।

गत फागुन २३ गते बसेको कार्यापालिकाका बैठकको निर्णयअनुसार सो सूचना जारी गरिएको उल्लेख छ ।

जारी सूचनाअनुसार अतिक्रमीत गरि घर, टहरा बनाउने कार्य र संरचना निर्माण गर्ने कार्य दण्डनीय भएको उल्लेख गर्दै ३५ दिने समयभित्र पनि संरचना नहटाए उक्त संरचना हटाइने र हटाउदा लागेको सम्पूर्ण खर्च सम्बन्धीत ब्यक्तीबाट असुलउपर गरिनेछ ।